इसेवा महा–उत्सव बम्पर उपहार विजेता घोषणाः रवि बम्जनले जिते नाम्मी कार

काठमाडौं । इसेवाले चाडपर्वको अवसरमा ग्राहकलाई थप हौसला प्रदान गर्ने उद्देश्यले आयोजना गरेको इसेवा महा–उत्सवको बम्पर उपहारको घोषणा गरेको छ । सोमवार फेसबुकमार्फत लाइभ लक्की ड्र मा मकवानपुर निवासी रवि बम्जनले नाम्मीको इलेक्ट्रिक कार जित्न सफल भएका छन् ।

पुल्चोक ललितपुर स्थित एलिस कन्फरेन्समा एक औपचारिक कार्यक्रमको आयोजना गरी बम्पर उपहार विजेताको घोषणा गरिएको हो । इसेवाका कार्यकारी अधिकृतहरु, प्रेस प्रतिनिधि, सेलिब्रिटी र कन्टेन्ट क्रियटरको उपस्थितिमा फेसबुक लाइभमार्फत इसेवा महा–उत्सवको बम्पर उपहार विजेता छनौट कार्य भएको छ ।

सदिक्षा श्रेष्ठले सञ्चालन गरेको कार्यक्रम इसेवाका ब्राण्ड प्रवद्र्धकको रुपमा रहेका नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल, राष्ट्रिय ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल तथा हाँस्यव्यङ्य कलाकार सुमन कार्की लगयातको उत्साहजनक सहभागीता थियो । गत आसोज १ देखि कात्तिक ३० गतेसम्म चलेको इसेवा महा–उत्सव नेपालीको महान चाड दशैं, तिहार तथा छठ पर्वको अवसरमा प्रयोगकर्तामा थप उत्साह प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको हो ।

यस महा–उत्सवमा दैनिक फ्ल्यास सेल, रील प्रतियोगिता देखि ६५ इन्चको टिभी, आईफोन १६, आईफोन १६ प्रो जस्ता मेगा उपहारका साथै बम्परमा नाम्मीको इलेक्ट्रिक कार जित्ने मौका पनि समावेश गरिएको थियो । इसेवा महा–उत्सवमा सहभागी भई नाम्मी कार जित्नका लागि इसेवामार्फत असोज १ देखि कात्तिक ३० गतेभित्र कुनैपनि कारोबार गर्नुपर्ने थियो भने यसैगरी, रु. १०० को खेल खेल्ने प्रयोगकर्तालाई आईफोन १६ जित्ने मौका र बिजुली बिल, खानेपानी, टिभी जस्ता घरायसी बिल भुक्तानी गर्दा ६५ इन्चको टिभी जित्न मौका आयोजकले प्रदान गरेको छ ।

इसेवा महा–उत्सवको अधिकांश विजेताको घोषणा इसेवाको फेसबुक पेजमा फेसबुक लाइभमार्फत भइसेको छ भने बाँकी पुरस्कार विजेताहरु पनि फेसबुक लाइभमार्फत नै चयन गरिनेछ । सरोजकुमार पाण्डे र अविन गुरूअचार्यले रु. १०० को खेलमा आईफोन १६ जित्न सफल भएका थिए भने अनिल चालिसे, दिपक महतो र अनिल सिंहले इसेवा टिकटक प्रतियोगितामा सहभागी भई क्रमशः रु. ५० हजार, २५ हजार र १५ हजार हात पारेका छन् ।

नाम्मी कार जित्न सफल विजेता रवि बम्जनलाई बधाई दिदै इसेवाका प्रमुख रणनीतिक अधिकारी रवि शाक्यले सम्पूर्ण प्रयोगकर्ता, साझेदार, प्रेस र इसेवा टिमलाई यस महाउत्सवलाई सफल बनाउन सहयोग गरेकोमा धन्यवाद दिएका छन् ।

“इसेवा महा–उत्सवमा प्रयोगकर्ताको संलग्नता र साझेदारको प्रतिक्रिया अत्यधिक उत्साहजनक रहेकोले हामीलाई थप उर्जा प्रदान गरेको छ, इसेवाको लक्ष्य नेपाली समाजमा रहेको वित्तीय समस्या र चुनौतीको समाधान गर्नु हो, यसका लागि हामी सधैं नवप्रवर्तनमा काम गर्दै जानेछौं” उनले भने ।

 

lcci
You might also like

Comments are closed.