भूकम्पले घर भत्कियो

दमौली । लमजुङको भुलभुले केन्द्रविन्दु भएर आज बुधबार बिहान गएको भूकम्पका कारण तनहुँको व्यास नगरपालिका–१४ मा एक घर भत्किएको छ ।

५.८ रेक्टर भूकम्पका कारण व्यास–१४ कुलुङमा कृष्णबहादुर कामीको घरमा क्षति पुगेको हो । विसं २०७२ को भूकम्पले चर्किएको घर आजको भूकम्पले भत्किएको वडाध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार घरको माथिल्लो तल्लाको भागमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले भूकम्पको क्षतिको विवरण आइनसकेको बताएको छ ।

भूकम्प गएपछि दमौलीमा सर्वसाधारण बिहान घरबाट बाहिर निस्किएका थिए ।

You might also like

Comments are closed.