बाजुरा । बाजुरामा पाँच दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको छ । आज दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मेला केन्द्रबिन्दु बनाएर पाँच दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्र नेपालले जनाएको छ । भूकम्पको धक्का नेपालका पश्चिमी क्षेत्रका साथै भारतका सिमावर्ती क्षेत्रमा महसुस गरिएको छ।
भूकम्पका कारण बाजुराको बडिमालिका नगरपालिका-७ मा एउटा घर, बझाङको चैनपुरमा रहेको कृषि ज्ञान केन्द्रको भवन, चैनपुरस्थित एक होटेलको छतमा बनाइएको मन्दिर भूकम्पले भत्किएको सामाजिक संजालहरुमा तस्विरहरु सार्वजनिक भएका छन् । एद्यपी, भूकम्पको क्षतिबारे पूर्व विवरण आउन बाँकी छ ।
उद्दारका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्य थापाले बताए । भूकम्पका कारण भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ । त्यहाँ सोमबार रातिदेखि वर्षासँगै हिमपात भएका कारण टेलिफोनको नेटवर्क नहुँदा क्षतिको विवरण प्राप्त गर्न कठिनाइ भइरहेको छ ।
भूकम्पको धक्का पश्चिम नेपालको नेपालगञ्ज, सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लासँगै छिमेकी भारतका कतिपय स्थानमा पनि महसुस गरिएको बताइएको छ ।
यसअघि कार्तिकको तेस्रो साता सुदूरपश्चिमको डोटीमा ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो । केही मानिस घाइते भएका थिए ।
Comments are closed.