अष्ट्रेलियामा बस्ने नेपाली विद्यार्थीको अवस्थाप्रति इक्यानको चासो

 

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले अष्ट्रेलियाका लागि नेपाली राजदुत महेश राज दाहाल र विदेश मामिला विशेषज्ञ नारायण मैनालीलाई इक्यानको कार्यालयमा सोमबार स्वागत तथा भेटघाट गरेको छ । अध्यक्ष प्रकाश पाण्डेसहित इक्यान कार्यसमितिले उनीहरूलाई स्वागत गरेको हो ।

भेटघाटका क्रममा अष्ट्रेलियामा बस्ने नेपाली विद्यार्थी र नेपालीको वर्तमान अवस्था, वोर्डर सम्वन्धी मुद्धा, नेपाली विद्यार्थीले एनओसीका लागि भोग्नुपरेका समस्या, नेपाल र अष्ट्रेलियाको नियमित उडान, एफडिआइसँग सम्वन्धीत मुद्धा लगायतका विषयका छलफल गरिएको इक्यानका अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिए ।

सो अवसरमा अष्ट्रेलियामा अध्ययन गर्ने जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति तथा इक्यान र दुतावास बिचको सम्वन्ध सुमधुर तथा सहज बनाउनेबारे पनि छलफल गरिएको महासचिव दिपकराज भुषालले जानकारी दिए ।

You might also like

Comments are closed.