इक्यानको १५औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को १५औं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । कोरोनाको विषम परिस्थितिलाई ध्यानमा राख्दै प्रत्यक्ष र अनलाइन दुवै माध्यमबाट साधारणसभा सम्पन्न भएको महासचिव दीपकराज भुसालले जानकारी दिए ।

शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको प्रमुख आतिथ्यतामा साधारणसभाको उद्घाटन कार्यक्रम भएको हो । इक्यानका अध्यक्ष प्रकाश पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरु, सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, जिल्ला शाखा अध्यक्ष एवं जिल्ला कार्यसमितिका सदस्यहरु र साधारण सदस्यहरुको उपस्थिति थियो ।

साधारणसभाले महासचिव तथा कोषाध्यक्षको प्रतिवेदन र विधान संशोधनको प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

jutta mela

कार्यक्रमका झलकहरुः

You might also like

Comments are closed.