इक्यान फेयरमा दुई दिनमा २१ हजार विद्यार्थी र अभिभावक सहभागी

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)द्वारा आयोजित १४औं संस्करणको इक्यान एजुकेसन फेयरमा दोस्रो दिनसम्म २१ हजार जना विद्यार्थी तथा अभिभावक सहभागी भएका छन् । अनलाइन (भर्चुअल) माध्यमबाट आयोजित फेयरमा पहिलो दिन शुक्रबार १२ हजार जना र दोस्रो दिन शनिबार ९ हजार जना सहभागी भएको संयोजक बासुदेव दाहालले आर्थिक आवाजलाई जानकारी दिए ।

विद्यार्थी तथा अभिभावकहरुको उपस्थितिले आफूहरु उत्साही बनेको दाहालले बताए । ‘हाम्रा सेवा सूचारु भएका छन् भन्ने सन्देश दिन हामीहरु सफल भएका छौं,’ उनले भने, ‘यो व्यवसायमा पुनर्जागरण ल्याउन फेयर प्रभावकारी माध्यम बनेको छ ।’

इक्यानसँग आबद्ध शैक्षिक परामर्शदातृ संस्थाहरु विद्यार्थी र अभिभावकको नजरमा विश्वास योग्य छन् भन्ने समेत फेयरले पुष्टि गरेको दाहाल बताउँछन् । यस्तो विषम परिस्थितिमा पनि फेयर आयोजना गरेर शैक्षिक परामर्श व्यवसायमा आबद्ध व्यवसायीहरुलाई अझ बढी क्रियाशील बनाउन फेयर सहयोगी बनेको महासचिव दीपकराज भुसालले बताए ।

jutta mela

इक्यानमा आबद्ध १ सय भन्दा बढी शैक्षिक परामर्शदातृ संस्थाहरु तथा विदेशस्थित कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरु मेलामा सहभागी छन् । बाँकी दुई दिन फेयरमा अझ बढी विद्यार्थी तथा अभिभावकको उपस्थिति रहनेमा आफूहरु विश्वस्त रहेको इक्यानका अध्यक्ष प्रकाश पाण्डेले बताए । माघ २ गतेबाट जारी फेयर सोमबारसम्म चल्नेछ ।

You might also like

Comments are closed.