इक्यान फेयर आज सकिदै, ३ दिनसम्म विद्यार्थीको उत्साहजनक सहभागिता

 

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)द्वारा आयोजित १४औं संस्करणको इक्यान एजुकेसन फेयर आज सोमबार सकिदैछ । आज साँझ ५ बजेबाट फेयर सकिने छ ।

आज अन्तिम दिन फेयरमा विद्यार्थी तथा अभिभावकको उत्साहजनक सहभागिता हुने विश्वासमा आफूहरु रहेको इक्यानका महासचिव दीपकराज भुसाल बताउँछन् ।

तेस्रो दिनसम्म करिब ३० हजार विद्यार्थी तथा अभिभावक फेयरमा सहभागी भइसकेको कार्यक्रम संयोजक बासुदेव दाहालले जानकारी दिए । ‘फेयरमा विद्यार्थी तथा अभिभावकको उत्साहजक सहभागिता छ,’ उनले भने ।

You might also like

Comments are closed.