त्रिभुवन माविमा पुस्तकालय स्थापना गर्न इक्यानले गर्यो ७ लाख बढी आर्थिक सहयोग

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले त्रिभुवन माध्यमिक विद्यालय जाजरकोटको पुस्तकालय स्थापनाका लागि आर्थिक सहयोग गरेको छ ।

इक्यानका सदस्यबाट रकम सङ्कलन गरी ७ लाख ७५ हजार ५२६ रुपैयाँ विद्यालयलाई हस्तान्तरण गरिएको छ । सो रकम प्रधानाध्यापक भक्तबहादुर मल्ल र कथालय इन्क प्रालिका प्रतिनिधि राजीव धर जोशीलाई हस्तान्तरण गरिएको इक्यानले जनाएको छ ।

सामाजिक उत्तरदायित्व विभाग अन्तर्गत शिक्षा र सामुदायिक पूर्वाधारलाई मजबुत बनाउनको लागि सहयोग गरिएको इक्यानका अध्यक्ष शेषकान्त भट्टराईले जानकारी दिए । अध्यक्ष भट्टराईले संस्थाले सामाजिक तथा शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएको बताए ।

यस सहयोग रकमले विद्यालयमा पुस्तकालय स्थापनामा ठूलो सघाउ पुग्ने बताउँदै प्रधानाध्यापक मल्लले यो सहयोगप्रति इक्यानलाई धन्यवाद दिएका छन् ।

lcci
You might also like

Comments are closed.