इक्यान कास्कीद्वारा ‘ईम्पावरिङ एजुकेशन प्रोफेसनल’ कार्यक्रम सम्पन्न

पोखरा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले ‘ईम्पावरिङ एजुकेशन प्रोफेसनल’ कार्यक्रम सम्पन्न गरेको छ । अष्ट्रेलियाको चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनको सहकार्यमा सदस्यको क्षमता अभिबृद्धि गराउने उद्धेश्यले इक्यानले ईम्पावरिङ एजुकेशन प्रोफेसनल कार्यक्रम गरेको हो ।

कार्यक्रममा चर्चिल इन्स्टिच्युटका रिजनल मार्केटिङग डिरेक्टर विजय शर्माले कलेजको बारेमा जानकारी गराएका हुन् । शर्माले वर्तमान समयमा अष्ट्रेलियामा विद्यार्थीको माग, कलेजले अन्तर्राष्ट्रिय विद्यार्थीलाई अध्ययन गराउने विषय र भर्ना प्रकृया सम्बन्धी जानकारी दिएका छन् ।

चर्चिल इन्स्टिच्युट अष्ट्रेलियाको सिड्नीमा रहेर ब्याचलर लेभलका विभिन्न मेजर विषयमा अध्यापन गराउने गरेको छ । कार्यक्रममा सहभागी इक्यान कास्कीका सदस्यलाई कलेजको प्रतिनिधिको रुपमा प्रमाणपत्र वितरण गरिएको छ । प्रमाणपत्र प्राप्त संस्थाले कलेजको प्रतिनिधिको रुपमा काम गर्न सक्नेछन् ।

इक्यान शैक्षिक परामर्श सेवा प्रदान गर्ने व्यवसायीको छाता संस्था हो । इक्यान कास्कीमा ५० परामर्श व्यवसायी सदस्य रहेका छन् । अधिकांश सदस्यले शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त गरेका छन् । इक्यान कास्की अध्यक्ष ओमप्रकाश गैह्यको अध्यक्षतामा भएको कार्यक्रममा इक्यान केन्द्रका उपाध्यक्ष तथा कास्की शाखाका सल्लाहकार भुवनबहादुर क्षेत्री र पूर्वअध्यक्ष तथा सल्लाहकार मिलन तिवारीले आफ्ना भनाइ राखेका छन् ।

उपाध्यक्ष क्षेत्रीले अष्ट्रेलियाको भिसा नीतिको बारेमा जानकारी गराउँदै शैक्षिक परामर्श सेवालाई मर्यादित बनाउन आग्रह गरेका छन् । इक्यान कास्कीका सचिव सुरेन्द्र बरालले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष सन्तोष शाहीले स्वागत गरेका हुन् ।

lcci
You might also like

Comments are closed.