काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को २०औं साधारणसभा आज हुँदैछ । एलिस रिसेप्सन गैरिधारामा हुने साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ ।
२०औं साधारणसभाबाट नयाँ नेतृत्व चयनसँगै बर्तमान अध्यक्ष शेषराज भट्टराईको कार्यकाल पुरा हुनेछ ।
इक्यान निर्वाचनका लागि अध्यक्षमा बर्तमान प्रथम उपाध्यक्ष लक्ष्मण पौडेल (एन्ड्रयु) र महासचिव दीपकराज भुसालबीच प्रतिस्पर्धा हुँदैछ । दुवैले प्यानलसहित उम्मेदवारी दिएका छन् ।
नयाँ नेतृत्व चयनका लागि देशभरका ७ सय भन्दा बढी इक्यान सदस्यहरुले मतदान गर्नेछन् ।




Comments are closed.