इक्यानको अध्यक्षमा एन्ड्रयु विजयी, महासचिवमा भवनाथ

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघको अध्यक्षमा लक्ष्मण पौडेल एन्ड्रयु विजयी भएका  छन् ।

सोमबार सम्पन्न २० औं  साधारणसभा अन्तर्गत भएको निर्वाचनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन्  ।

अर्का उम्मेदवार दीपकराज भुसाललाई पराजित गर्दै पौडेल विजयी भएका हुन् ।

प्रथम उपाध्यक्षमा बासुदेव दाहाल, द्वितीय उपाध्यक्षमा विकल्पराज पोखरेल र तृतीय उपाध्यक्षमा गीता शिवाकोटी विजयी भएका छन् ।

महासचिवमा भवनाथ हुमागाई निर्वाचित भएका छन् ।

सहसचिवमा सुरज सिलवाल र आशिक कार्की विजयी भएका छन् ।

कोषाध्यक्षमा साधना पुडासैनी विजयी भएकी छन् ।

सहकोषाध्यक्षमा गोविन्द खनाल विजयी भएका छन्।

लक्ष्मण पौडेल एन्ड्रयु र दीपकराज भुसालले प्यानलसहित चुनावी प्रतिस्पर्धा गरेका थिए ।

You might also like

Comments are closed.