प्रविधिलाई आत्मसात गर्दै सकियो इक्यान फेयर

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)द्वारा आयोजित १४औं संस्करणको इक्यान एजुकेसन फेयरमा सम्पन्न भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीलाई लक्षित गरी अनलाइन (भर्चुअल) माध्यमबाट फेयर आयोजना गरिएकोे हो । सोमबार एक कार्यक्रमबीच इक्यानका अध्यक्ष प्रकाश पाण्डेले फेयरको औपचारिक समापन गरे ।

विषम परिस्थितिमा आयोजित फेयर सबैको साथ र सहयोगबाट सफल भएको अध्यक्ष पाण्डेले बताए । ‘भर्चुअल माध्यमबाट आयोजित फेयरमा विद्यार्थी तथा अभिभावकको उत्साहजनक सहभागी रह्यो,’ उनल् भने । नेपालबाट ७० देशमा उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरु जाने गरेको बताउँदै पाण्डेले कोभिडका कारण चाहना हुँदाहुँदै पनि विद्यार्थीहरु विदेश जानबाट रोखिएको उनले बताए ।

jutta mela

इक्यानको पहल नेपाल सरकारले एनओसी खुल्ला गरेको र कयौं देशले भिसा प्रक्रिया सुचारु गरिसकेको उनले जानकारी दिए । ‘उच्च शिक्षा अध्ययनका लागि विदेश जाने प्रक्रिया सहज बन्दै गइरहेको छ,’ उनले भने । शैक्षिक परामर्शदातृ संस्थाहरुले सेवा सुचारु राखेका छन् भन्ने सन्देश प्रवाह गर्न फेयर सफल भएको इक्यानका महासचिव दीपकराज भुसालले बताए । व्यवसायमा पुनर्जागरण ल्याउन फेयर सफल भएको उनको भनाइ छ ।

चार दिनसम्म आयोजित फेयरमा ४५ हजार जना विद्यार्थी तथा अभिभावक अनलाइन माध्यमबाट प्रत्यक्ष सहभागी भएको फेयरका संयोजक बासुदेव दाहालले आर्थिक आवाजलाई जानकारी दिए । सोमबार समापनको दिनमात्र १५ हजार जना विद्यार्थी तथा अभिभावक फेयरमा सहभागी भए ।

इक्यानसँग आबद्ध शैक्षिक परामर्शदातृ संस्थाहरु विद्यार्थी र अभिभावकको नजरमा विश्वास योग्य छन् भन्ने समेत फेयरले पुष्टि गरेको दाहाल बताउँछन् । इक्यानमा आबद्ध १ सय भन्दा बढी शैक्षिक परामर्शदातृ संस्थाहरु तथा विदेशस्थित कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरु मेलामा सहभागी भएका थिए ।

You might also like

Comments are closed.