उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई इक्यानको शैक्षिक मेला

पोखरा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीको आयोजनामा पोखरा सभागृहमा सञ्चालित सातौं इक्यान शैक्षिक मेला शनिवार सकिएको छ ।

उच्च शिक्षाका लागि विदेश जान चाहने नेपाली विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी आयोजिना गरिएको दुई दिनको मेलामा अवलोकनकर्ताहरुको उत्साहजनक सहभागिता भएको इक्यान कास्कीले जानकारी दिएको छ । मेलामा परामर्श लिन आएकी अनु राणाले मेलामा शिक्षण संस्थाबारे एकै ठाउँमा धेरै जानकारी प्राप्त गर्न सजिलो भएको बताईन् ।

मेलामा आउने विद्यार्थीलाई शिक्षण संस्था सञ्चालक, शिक्षक, स्वयंसेवक र त्यहाँ अध्ययनरत विद्यार्थीले निःशुल्क परामर्श दिएका थिए । मेलामा विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीलाई विभिन्न देशका शिक्षण पद्धति, त्यहाँको शैक्षिक वातावरण र अध्ययन संस्थाका बारेमा जानकारी गराइएको मेला संयोजक तथा इक्यान कास्कीका कोषाध्यक्ष युवराज पौडेलले जानकारी दिए ।

व्यवसायिक प्रवर्द्धन र विद्यार्थी अविभावकले पाउनुपर्ने सूचना एकीकृत ढंगले प्रदान गर्न मेला सफल भएको इक्यान कास्कीका अध्यक्ष इविन्द्रराज तिवारीले बताए । मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्शदाताका ४० शैक्षिक परामर्श कक्ष थिए भने विभिन्न देशका विश्वविद्यालयका प्रतिनिधिको सहभागिता रहेको प्रचारप्रसार संयोजक कमलनाथ बरालले बताए ।

नेपालबाट विशेष गरी भारत, अस्ट्रेलिया, अमेरिका, बङ्गलादेश, न्युजिल्यान्ड, बेलायतका साथै युरोप महादेशका विभिन्न देशमा उच्च शिक्षा अध्ययनका लागि विद्यार्थी जाने गर्छन् ।

पियरसन (पिटीई) को प्रस्तुतिमा आयोजित मेलाको टाइटल स्पोन्सरमा इन्टरनेशनल कलेज अफ अप्लाईड साईन्स, एसोसियट स्पोन्सरमा रेन्सफोर्ड कलेज अस्ट्रेलिया, मुख्य प्रयोजकमा आईइडियु ग्रुप अष्ट्रेलिया, मेलाको सर्पोटेड बाईमा भिक्टोरियन एन्सिच्यूड अफ एजुकेशन र व्लु लोटस, बैंकिङ पार्टनरमा ग्लोवल आईएमई बैंक र होटल पार्टनरमा कुटी रिर्सोट लेकसाइडले साथ दिएका थिए ।

You might also like

Comments are closed.