पोखरा । इक्यान कास्कीका संस्थापक अध्यक्ष महेश भण्डारी र संस्थाका सल्लाहकार समितिका सभापति रमेशकुमार थापा सम्मानित भएका छन् । इक्यान कास्कीको नवौं वार्षिक साधारणसभाको अवसरमा संस्थाका अध्यक्ष भुवन क्षेत्रीले उनीहरुलाई सम्मान गरेका हुन् ।
संस्थामा पुर्याएको योगदानको कदर गर्दै अध्यक्षको तर्फबाट क्षेत्रीले उनीहरुलाई सम्मानपत्र र दोसल्लाले सम्मान गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि इक्यानका केन्द्रीय अध्यक्ष प्रकाश पाण्डे र अध्यक्ष क्षेत्रीले उनीहरुलाई सम्मान गरे ।
भण्डारी र थापा दुवै जनाले हालसम्म संस्थामा विभिन्न पदमा रहेर काम गरेका छन् । २०६७ मा इक्यानको दोस्रो शाखा कास्कीमा स्थापना हुँदा भण्डारी अध्यक्ष थिए भने थापा सचिव भएर योगदान पुर्याएका थिए ।
कार्यक्रममा इक्यान केन्द्रका निबर्तमान अध्यक्ष विष्णुहरि पाण्डे लगायतको उपस्थिति थियो । अधिवेशनले इविन्दराज तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।



Comments are closed.