एडुब्रिज कन्सल्टेन्सीको नयाँ शाखा विरौटामा, आइतबार उद्घाटनसँगै शैक्षिक मेला

पोखरा । काठमाडौंमा प्रधान कार्यालय रहेको एडुब्रिज कन्सल्टेन्सीले पोखराको विरौटामा शाखा सञ्चालनमा ल्याएको छ । कन्सल्टेन्सीले स्थापनाको २५ औं वर्षको अवसरमा पोखरा महानगरपालिका–१७ विरौटामा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

एडुब्रिजको यो शाखा आठौं शाखा हो । शाखाको आइतबार उद्घाटन गरिने शाखाका प्रवन्धक निर्देशक किसान सुनारले जानकारी दिए ।‘काठमाडौं लगायत देशको विभिन्न जिल्लामा शाखा रहेको एडुब्रिज कन्सल्टेन्सीले पोखरा विरौटामा शाखा सञ्चालनमा आएको छ, सुनारले भने,‘आइतबार औपचारिक रुपमा शाखाको उद्घाटन गर्दै वैदेशिक उच्च शिक्षाका लागि जाने विद्यार्थीहरुलाई परामर्श दिने उद्धेश्यसहित शैक्षिक मेला समेत आयोजना गरेका छौं ।’ उनले विद्यार्थीहरुलाई शैक्षिक पृष्ठभूमि, रुचि र करियरको आकाक्षाका आधारमा उपयुक्त शैक्षिक संस्था छनोट गर्न सहयोग पु¥याउने बताए ।

एडुब्रिज कन्सल्टेन्सीले अष्ट्र्रेलिया, युके, जापान र युरोपमा वैदेशिक उच्च शिक्षाका लागि जाने नेपाली विद्यार्थी र अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई नेपालको विभिन्न क्षेत्रमा अध्यापनमा ल्याउन तथा अष्ट्र्रेलिया, युके, जापान, युरोप र युएईको विभिन्न युनिभसिटीको प्रतिनिधि संस्थाको रुपमा सहजिकरण गर्नेछ ।

You might also like

Comments are closed.