किसानबाट सोझै उपभोक्तासम्म अण्डा पु¥याउँदै

काठमाडौं । एक व्यावसायिक समूहले किसानले उत्पादन गरेको अण्डा सोझै उपभोक्तासम्म पु¥याउने सञ्जाल निर्माण गरेको छ । चितवनमा रहेको किसान दाना उद्योग प्रालिले किसानले उत्पादन गरेको अण्डा उपभोक्तासम्म सिधैँ पु¥याउन सुरु गरेको हो ।

समूहले आफ्नै बिक्री डिपोमार्फत बिक्री गर्ने भएपछि विभिन्न तहमा दिनुपर्ने कमिशन बचत हुने र उपभोक्ताले भविष्यमा सस्तोमा ताजा अण्डा उपभोग गर्न पाउने भएका छन् । सो समूहले नवलपरासीमा दाउन्ने एग्रोफार्म प्रालिमा झण्डै तीन लाख लेयर्स कुखुरा पालेको छ । किसान दाना उद्योगको लगानी रहेको सो प्रालिमा दैनिक एक लाख ३६ हजार वटाभन्दा बढी अण्डा उत्पादन हुन्छ । त्यति नै मात्रामा किसानबाट सङ्कलन हुने गरेको छ । यो सङ्ख्या बढ्ने उद्योगले जनाएको छ ।

हाल फार्मबाट आपूर्तिकर्ता, डिलर, सहायक डिलर, साइकल र किराना पसल हुँदै उपभोक्ता कहाँ पुग्ने गरेको छ । किसान दाना उद्योगका कार्यकारी निर्देशक विनोद पोख्रेलका अनुसार फार्मबाट किराना पसलसम्म पु¥याउनका लागि बिक्री डिपो विस्तार गरिएको हो । हालसम्म १० डिपो सञ्चालन ल्याइएको छ । उनले भने, “देशका प्रमुख शहरमा डिपो बिस्तार गर्दैछौं ।” कम्तीमा ३० डिपो पु¥याउने लक्ष्य रहेको उनको भनाइ छ । पोख्रेलका अनुसार डिपो नभएका शहरमा पनि स्थानिय डिलरमार्फत अण्डा पु¥याइँदै आएको छ ।

पोख्रेलले सोझै घरदैलोसम्म अण्डा पु¥याउँदा उपभोक्ताले सस्तोमा अण्डा पाउने बताए । हाल उद्योगले काठमाडौंको नैकाप, वनस्थली, पेप्सीकोला, जोरपाटी, नक्साल, सामाखुशी, नयाँबजार, सुर्खेतको सनिहिल लाइन, इटहरीमा बिक्री केन्द्र खोलेको छ । ती केन्द्रमार्फत घरदैलोमा अण्डा पु¥याउने गरिन्छ । बाह« साना भ्यानले अण्डा ओसार्ने गरेको उनको भनाइ छ । उनले भने, “स्वच्छ, सफा र ताजा अण्डा सर्वसुलभ दरमा उपभोक्तासम्म पु¥याउने हाम्रो लक्ष्य हो ।”

नेपालमा नै सबैभन्दा बढी अण्डा सङ्कलन गर्ने यस उद्योगले काठमाडौंसँगै नेपालगञ्ज, जनकपुर, सुर्खेत, धनगढी, इटहरी, बुटवल, नेपालगञ्ज जस्ता प्रमुख शहरमा अण्डा बिक्री गर्दै आएको छ । उद्योगका अध्यक्ष रघुनाथ भट्टले किसानबाट पाँचौ तह पार गरेर मात्र उपभोक्तासम्म अण्डा पुग्दै आएकामा अब सोझै उपभोक्तासम्म पु¥याउने उद्देश्यका साथ काम थालिएको बताए ।

उनका अनुसार घर नजिकैको पसलसम्म उद्योगले अण्डा पु¥याउने छ । यस समूहको आफ्नै लगानी र साझेदारीमा दाना उद्योग, पोल्ट्री फार्म, मल प्रशोधन केन्द्र, भेटेनरी पसल, चल्ला उत्पादन गर्ने ह्याचरी, क्रेट उद्योगलगायतका उद्योग र उत्पादनमा लगानी छ ।

नेपालमा नै सबैभन्दा बढी कुखुरा पाल्ने लक्ष्य लिएको यस समूहले हाल करिब तीन लाख कुखुरा पालेका आठ लाख पु¥याउने तयारी गरेको निर्देशक द्रोण लामिछानेले जानकारी दिए । उद्योगले ‘ह्याप्पी एग’ नामबाट ‘ब्राण्डिङ’ गरी आकर्षक प्याकिङ्मा बिक्री गर्दै आएको छ ।

यसैबीच काठमाडौंको वनस्थली र नैकापमा आजदेखि डिपो शुरु गरिएको छ । नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीले वनस्थली र नैकाप डिपोको उद्घाटन गरे । सो अवसरमा उनले घरदैलोमा ताजा सस्तोमा अण्डा पु¥याउने प्रयास प्रशंसनीय रहेको बताए । कार्यक्रममा अण्डा उत्पादक सङ्घका महासचिव प्रविण केसी, किसान दाना उद्योग प्रालिका अध्यक्ष भट्ट, कार्यकारी निर्देशक पोखरेल, निर्देशक लामिछानेलगायतको उपस्थिति थियो ।

You might also like

Comments are closed.