सिन्धुपाल्चोकमा ३५ प्रतिशत मतदान

सिन्धुपाल्चोक । आज जारी मतदानका क्रममा जिल्लामा दिउँसो १ बजेसम्ममा ३५ प्रतिशत मत खसेको छ। प्रमुख जिल्ला अधिकारी बेधनिधि खनालका अनुसार मतदान कार्य छिटपुट घटनाबाहेक शान्तिपूर्ण रहेको छ ।

jutta mela

जिल्ला निर्वाचन अधिकारी विकास शर्मा रिजालले एक अस्थायीसहित एक सय ४६ मतदानस्थलमा मतदान सुरु भएको बताए । ती स्थलका तीन सय २१ मतदान केन्द्रमा मतदान जारी रहेको हो।

दुई प्रतिनिधिसभा तथा चार प्रदेशसभा निर्वाचनका लागि सिन्धुपाल्चोकमा जम्मा दुई लाख ६० हजार दुई सय ७३ मतदाता छन्।

You might also like

Comments are closed.