कैलाली १ र ३ मा नागरिक उन्मुक्ति पार्टीकाे अग्रता

कैलाली । प्रतिनिधिसभा निर्वाचनको कैलालीमा मतगणना सुरु भएको छ । मतगणना सुरु भएसँगै मतपरिणाम आउने क्रम जारी छ। कैलालीमा नागरिक उन्मुक्ति पार्टीले कैलालीका दुईवटा निर्वाचन क्षेत्रमा अग्रता लिएको छ ।

कैलाली क्षेत्र नं १ मा पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र कैलाली–३ मा गङ्गाराम चौधरी अगाडि रहेका छन् । अध्यक्ष श्रेष्ठले ६ सय ९१ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका रामजनम चौधरीले चार सय ११ मत ल्याएका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका नेकपा (एमाले)का तपेन्द्रबहादुर रावलले एक सय ८३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी निर्वाचन क्षेत्र नं ३ मा हालसम्म पाँच हजार एक सय पाँच मतको परिणाम सार्वजिनक भएको छ । मतपरिणामअनुसार नागरिक उन्मुक्तिका गङ्गाराम चौधरीले एक हजार ६ सय एक मत पाउँदा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का कृष्णकुमार चौधरीले एक हजार तीन सय मत प्राप्त गरेका छन् ।

jutta mela

कैलाली–३ मा राप्रपाका वीरेन्द्रबहादुर बम एक हजार ५० मतसहित तेस्रो स्थानमा रहेका छन् भने एमालेका गौरीशङ्कर चौधरीले आठ सय मत प्राप्त गरेका छन्। कैलाली क्षेत्र नं २ मा ५ बजेदेखि मतगणना सुरु भएको थियो । क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ गठबन्धनबाट भगत बडुवाल, एमोलबाट झपट रावल र नागरिक उन्मुक्तिबाट अरुण चौधरी प्रतिस्पर्धामा छन् ।

कैलाली क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा दुवैको मतगणना सुरु भएको छ । कैलाली क्षेत्र नं ४ मा प्रतिनिधिसभातर्फ सात सय २६ मतगणना सकिएको छ। यस क्षेत्रमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका वीरबहादुर बलायर (रूख) ले तीन सय ९४, लेखराज भट्ट (सूर्य) ले दुई सय ६८ मत प्राप्त गरेका छन् ।

यस क्षेत्रको प्रदेशसभा (१) तर्फ नेकपा (एकीकृत समाजवादी)का दीर्घबहादुर सोडारीले चार सय ६५, एमालेका भीमबहादुर देउवाले एक सय ८१ मत प्राप्त गरेका छन्। त्यसैगरी प्रदेशसभा (२) तर्फ पनि मतगणना सुरु भएको स्थानीय पत्रकार लक्ष्मी जैसीले जानकारी दिए। कैलाली क्षेत्र नं ५ मा निर्वाचन अधिकृत बिरामी भएकाले अहिलेसम्म मतगणना सुरु हुन सकेको छैन्।

You might also like

Comments are closed.