सर्लाही-२ बाट महिन्द्रराय यादव विजयी

 

काठमाडौं । सर्लाही क्षेत्र नम्बर २ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजेन्द्र महतोलाई पराजित गर्दै नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट उठेका नेपाल समाजवादी पार्टी (नेसपा) का महिन्द्रराय यादव विजयी भएका छन् ।

विजयी उम्मेदवार माओवादी केन्द्रका यादवले २३ हजार ५ सय २९ र लोसपाका उम्मेदवार महतोले २१ हजार ५ सय १८ मत प्राप्त गरेका छन् । सत्ता गठबन्धनमा आवद्ध लोसपा र माओवादी केन्द्रबीच सर्लाही २ मा भने मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमतिअनुसार दुवै दलका उम्मेदवार थिए ।

jutta mela

राय २०५१ ,२०५६ ,२०६४ ,२०७०, २०७४ र २०७९ मा गरि ६ पठक चुनावमा सहभागी भइसकेका छन् ।

You might also like

Comments are closed.