स्याङ्जा-२ मा गुरुङको अग्रता कायमै

स्याङ्जा । स्याङ्जा–२ मा प्रतिनिधिसभातर्फको जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको अग्रता कायम रहेको छ। साँझसम्मको पछिल्लो मतगणनाबाट कांग्रेसका उपसभापति एवं उम्मेदवार गुरुङले सात हजार नौ सय सात मतसहित अग्रता कायम राखेका हुन् ।

उनका प्रतिस्पर्धी नेकपा एमाले उम्मेदवार पद्माकुमारी अर्यालले पाँच हजार आठ सय ६३ मत प्राप्त गरेको निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिए। उनिहरुबीच दुई हजार ४४ को मतान्तर रहेको छ। तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले दुई हजार दुई सस २८ मत प्राप्त गरेका छन्।

स्याङ्जाको गल्याङ नगरपालिका वडा नं ६ र ७, भीरकोट नगरपालिकाका वडा नं ५, ६, ७, ८ र ९ तथा वालिङ नगरपालिकाको १, २, ५, ६ र ७ को मतगणना सकिएको छ। हालसम्म १७ हजार एक सय १५ मतगणना भएको छ। मतगणनामध्ये १६ हजार पाँच सय छ मत सदर भएको र छ सय नौ मत बदर भएको निर्वाचन अधिकृत शर्माले बताए।

jutta mela

स्याङ्जा–२ (१) प्रदेशसभामा आठ हजार सात सय १३ मतसहित कांग्रेसका उम्मेदवार भोजराज अर्यालले अग्रता लिइरहेका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका मोहन रेग्मीले छ हजार छ सय ३६ मतसहित उनलाई पछ्याइरेका छन्। प्रदेशको प्रत्यक्षतर्फ हालसम्म कूल १७ हजार एक सय ४८ मत गणना हुँदा १६ हजार छ सय ७५ मत सदर भएको छ भने चार सय ७३ मत बदर भएको छ ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ पनि नेपाली कांग्रेसलाई सात हजार तीन सय ७२ मत प्राप्त भएको छ भने नेकपा (एमाले) लाई पाँच हजार छ सय ४३ मत प्राप्त भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले दुई हजार सात सय २० मत प्राप्त गरेको छ। समानुपातिकतर्फ कूल १७ हजार तीन सय छ मत गणना हुँदा १६ हजार सात सय ९० मत सदर भएको छ। पाँच सय १६ मत बदर भएको छ ।

प्रदेश समानुपातिकतर्फ नेपाली कांग्रेसले आठ हजार तीन सय ६८ मत पाउँदा नेकपा (एमाले) ले छ हजार तीन सय ५९ मत प्राप्त गरेको छ। प्रदेश समानुपातिकतर्फ १७ हजार एक सय तीन मत गणना हुँदा १६ हजार तीन सय ७८ मत सदर भई ७२५ मत बदर भएको निर्वाचन अधिकृत शर्माले बताए ।

You might also like

Comments are closed.