चितवन क्षेत्र नं १ मा कांग्रेसका पौडेल र २ मा एमालेका पोख्रेलको सुरुआती अग्रता

चितवन । प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनको मतगणना यहाँ जारी रहेको छ। जिल्लाका तीन निर्वाचन क्षेत्रमा नै मतगणना जारी रहेको हो। चितवन क्षेत्र नं १ मा हालसम्म एक हजार मतगणना हुँदा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार विश्व पौडेलले सुरुआती अग्रता लिएका छन् ।

उनले तीन सय ३७ मत प्राप्त गर्दा नेकपा एमालेका सुरेन्द्र पाण्डेले दुई सय ५२ मत प्राप्त गरेका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले तीन सय २९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यस क्षेत्रमा एक लाख ३९ हजार आठ सय ४५ जना मतदाता रहेका छन्। जसमध्ये ६८.७३ प्रतिशत मत खसेको छ ।

jutta mela

त्यस्तै चितवन क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोख्रेलले सुरुआती अग्रता लिएका छन् । एक हजार एक सय २६ मत गन्दा उनले पाँच सय ५४ मत प्राप्त गरेका छन् भने गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठले तीन सय ९७ मत प्राप्त गरेका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले ८७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यस क्षेत्रमा ६७.३ प्रतिशत मत खसेको छ। यस क्षेत्रमा एक लाख २४ हजार दुई सय १४ मतदाता रहेका छन् । यो नतिजा साँझ ५ बजे सम्मको हो ।

चितवन क्षेत्र नं ३ को मतगणना सुरु भएको छ। सर्वदलीय बैठकले २ः१५ बजे सुरु गर्ने भनी निर्णय गरिएको भए पनि ४ः३५ बजेदेखि मतगणना सुरु गरिएको हो ।

You might also like

Comments are closed.