१५ घण्टापछि विद्युत् पुनः चालु

सिमकोट । सिमकोट गाउँपालिका–४ को हिल्दुम खोलामा रहेको हेल्दुङ वितरण केन्द्रको पावरहाउसमा विद्युत् प्रवाह अवरुद्ध हुँदा सिमकोटमा १५ घण्टा विद्युत् भार कटौती भएको छ ।

पावर हाउसको मेसिनमा रहेको तेलमा पानी मिसिएर अवरुद्ध हुँदा बिहानैदेखि प्राविधिकले मर्मत गरेपश्चात् आज अपराह्न ३ः३० बजेदेखि विद्युत् सेवा उपलब्ध भएको छ ।

मङ्लबार राति १ः०० बजेदेखि अवरुद्ध भएको विद्युत् सेवा केहीबेर पहिला सञ्चालनमा आएको छ ।

बिहानदेखि तेलमा मिसिएको पानी र तेल सबै फालेर मेशिनमा नयाँ तेल राखेपछि मात्रै विद्युत् सेवा सञ्चालन भएको नेपाल विद्युत् प्राधिकरण कार्यालयका कर्मचारी मिन शाहीले जानकारी दिए ।

You might also like

Comments are closed.