इभी डेडिकेटेट सर्भिस सेन्टरसहित पोखरामा इलाइट मोटर्सको नयाँ शोरुम खुल्ने

पोखरा । पोखरामा लामो समयदेखि अटोमोबाइल व्यवसाय सञ्चालन गरिरहेको इलाइट मोटर्स प्रालिले अत्याधुनिक सुविधासम्पन्न शोरुम र इभी डेडिकेटेट सर्भिस सेन्टर स्थापना गर्ने भएको छ । सर्भिस सेन्टर निर्माण कार्य अन्तिम चरणमा पुगेको र वैशाखबाटै सेवा सुरु हुने जनाइएको छ । पोखराको शिवचोकस्थित औद्योगिक क्षेत्र अगाडि पृथ्वी हाइवेमा शोरुम स्थापना गरिएको छ ।

पाँच रोपनी जग्गामा स्थापना भएको शोरुममा इलाइट मोटर्स अन्तर्गत बिक्री वितरण भइरहेका गाडीहरु ओमोडा, जेको, लिपमोटर र सिट्रोनको गाडी बिक्री तथा प्रदर्शनीमा राखिनेछ । पोखरा क्षेत्रकै उत्कृष्ट शोरुम शोरुम स्थापना गरि अटोमोबाइल पारखीहरुलाई नयाँ पनको अनूभूति दिने आफूहरुको उद्देश्य रहेको प्रवन्ध निर्देशक शिव बरालले जानकारी दिए ।

‘प्राय इभीका सर्भिस सेन्टरहरु काठमाडौं केन्द्रित भइरहेको सन्दर्भमा इलाइट मोटर्सले पोखरामा नै पहिलो पटक इभी डेडिकेटेट सर्भिस सेन्टर स्थापना गर्न सफल भएको छ,’ उनले भने । चार्जिङ स्टेसन लगायत सर्भिसका लागि आवश्यक पर्ने सम्पूर्ण सेवा शोरुममा उपलब्ध हुनेछ । ‘थ्रिएस सर्भिस सेन्टर’बाट बिक्री पछिको सेवालाई प्राथमिकतामा राख्ने उद्देश्य रहेको बराल बताउँछन् । दक्ष इभी टेक्निसियनहरुले सर्भिस सेन्टरबाट २४सै घन्टा सेवा प्रदान गर्ने बरालले जानकारी दिए ।

इलाइट मोटर्सले बिगत १२ वर्षदेखि चारपाँग्रे सवारीको डिलर रही काम गर्दै आइरहेको छ । हालसम्म करिब ३ सय वटा इभी पोखराबाटै बिक्री गर्न यो समूह सफल भइसकेको छ ।

You might also like

Comments are closed.