काठमाडौं । एम्बार्क अनम्याथले नेपालमा पहिलो पटक स्कुलभित्रै ‘म्याथ म्युसियम’ कार्यक्रम सुरु गरेको छ । गणितलाई पाठ्यपुस्तकबाट बाहिर निकालेर व्यावहारिक सिकाइमा लैजानेछ ।
विद्यालयलाई जीवन्त गणित केन्द्रमा परिणत गर्छ । जहाँ विद्यार्थीले गणितीय अवधारणालाई छुन, निर्माण गर्न र त्यससँग अन्तर्क्रिया गर्न सक्छन् । यसले जिज्ञासा जगाउँछ र विद्यार्थी नेतृत्वको सिकाइलाई बढावा दिन्छ । एम्बार्क अनम्याथका सह–संस्थापक दिवेश बठिजाले ‘म्याथ म्युसियम’ मार्फत् गणित भनेको पानामा लेखिएका संख्याहरू मात्र नभई यो आकारहरू, कथाहरू र सम्भावनाको बारेमा हो भनेर देखाउन चाहेको बताए ।
यस कार्यक्रमले विद्यार्थीलाई गणितसँग राम्रो सम्बन्ध बनाउन मद्दत गर्छ । शिक्षकलाई नयाँ र उपयोगी सिकाउने तरिकाहरू पनि दिन्छ । सहभागी विद्यालयको पनि महत्वपूर्ण भूमिका छ । एम्बार्क अनम्याथसँग मिलेर प्रतिभाशाली विद्यार्थीको क्षमता देख्न सकिन्छ । सामुदायिक कार्यक्रम आयोजना गरी अन्तर्क्रियात्मक प्रदर्शनीका लागि छुट्टै ठाउँ दिन्छन् ।
यो कार्यक्रम सकिएपछि पनि एम्बार्क अनम्याथले निरन्तर सहयोग गर्ने जनाइएको छ । एम्बार्क अनम्याथ ‘म्याथ म्युसियम’ जस्ता कार्यक्रमलाई विद्यालयको सिकाइको स्थायी हिस्सा बनाई हरेक विद्यार्थीमा गणितप्रतिको आजीवन माया जगाउने वातावरण सिर्जना गर्ने आशा गरेको छ ।
Comments are closed.