काठमाडौं । एम्बार्क अनम्याथले चितवनका ३ विद्यालयमा अन्तर्क्रिया कार्यक्रम गरेको छ । अङ्कुरम् स्कुल, शिक्षा विकास स्कुल र स्मल हेभन स्कुलमा अन्तर्क्रियात्मक कक्षाकोठा तालिम सञ्चालन गरिएको हो ।
एम्बार्क अनम्याथले गणित शिक्षालाई परम्परागत किताबमुखी अभ्यासबाट बाहिर निकाल्दै रोचक र वास्तविक जीवनसँग जोडिएको सिकाइमा रूपान्तरण गर्दै आएको छ । यही उद्देश्यलाई अघि बढाउँदै, एम्बार्क अनम्याथको टिमले अगष्ट ४ देखि ८ सम्म अन्तर्क्रियात्मक कक्षाकोठा तालिम सञ्चालन गरेको थियो ।
यस तालिमले शिक्षकलाई योजनाबद्ध गतिविधिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहयोग पु¥याएको छ । अवलोकन, नमूना कक्षा, निर्देशन, र शिक्षक–नेतृत्वमा भएका अभ्यास सत्रहरूका माध्यमबाट कार्यक्रमले शिक्षण रणनीति सुधार, कक्षाकोठामा सक्रियता बढाउने र विद्यार्थीलाई आकर्षक सिकाइ अनुभव दिने लक्ष्य राखेको थियो । विद्यालयअनुसार तालिम फरक–फरक ढंगले सञ्चालन गरिएको थियो ।
अङ्कुरम् स्कुलका शिक्षकले विभिन्न गतिविधिहरु आफैं सञ्चालन गरेका थिए भने, एम्बार्कको टिमले त्यसको अवलोकन गर्दै आवश्यक निर्देशन प्रदान गरेको थियो । शिक्षा विकास स्कुलको टिमले पहिलो दिन नमुना कक्षा प्रदर्शन गरेको थियो भने दोस्रो दिन शिक्षकले आफैं अभ्यास गरेका हुन् । त्यसैगरी स्मल हेभन स्कुलमा व्यावहारिक अभ्यास सत्रमार्फत शिक्षकले नयाँ विधिमा सक्रिय सहभागिता जनाएका थिए ।
एम्बार्क अनम्याथले आगामी दिनमा पनि नियमित फलोअप भ्रमण र निर्देशनमार्फत शिक्षक र विद्यार्थीलाई निरन्तर सहयोग गर्ने योजना बनाएको एम्बार्क अनम्याथकी कन्ट्रीहेड मोहिनी श्रेष्ठको भनाइ छ ।
Comments are closed.