विद्युत नियमन आयोगको अर्को फड्‌को : ग्रिड कोड जारी

विद्युत नियमन आयोगले हालै Nepal Electricity Grid code, 2080 जारी गरेको ६ सरोकारवालहरुसंगको पटक पटक छलफल र राय तथा प्रतिक्रिया पश्चात)आयोगले ग्रिड संहिता तयार गरि लागु गरेको छ ।

ग्रिड संहिता तयार गर्दा अन्तरदेशिय वितरण प्रणालीमा आवद्ध ग्रिड र ग्रिडकोडलाई कार्यान्वयनमा ल्याउने विद्युतीय ग्रिड संहिता २०८० को दफा २.३, २.१ अनुसार ग्रिड कोड म्यानेजमेन्ट कमिटी (GCMC)गठन गरि अध्यक्ष, सदस्य सचिव र सदस्यहरु तोक्नका लागि आयोगका सदस्य गौतम डंगोलको अध्यक्षतामा उक्त कमिटीलाई पूर्णता दिनका लागि कार्यभार तोकिएको छ ।

विद्युत प्रसारण र वितरणमा ग्रिड कोडको महत्वपूर्ण स्थान हुन्छ । एउटा देशमा एउटा मात्र राष्ट्रिय ग्रिड रहेको हुन्छ । विद्युत नियमन आयोगले लामो गृहकार्य पछि ग्रिड संहिता तयार गरेको छ । ग्रिड संहिता तयार गर्ने क्रममा आयोगले विभिन्न सरोकारवाला विषय विज्ञ र सेवा प्रदायक संस्थाहरुसंग पटक पटक प्रत्यक्ष छलफल गरि सरोकारवालाहरुवाट राय प्रतिक्रिया माग गरि अन्तिम रुप दिन कार्याशाला
गोष्ठी आयोजना गरेको थियो ।

सो कार्यशाला गोष्ठीको समुद्घाटन गर्दै उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री शक्ति वहादुर वस्नेतले यस्ता खालका संहिता वा मापदण्ड निर्माण गरि विद्युतको माग र आपूर्तीलाई गुणस्तरयुक्त बनाउने र निर्यातसम्म गर्न मिल्ने गरी व्यवस्थित गर्नुपर्छ भन्दै यसरी छलफल र अन्तरक्रियाद्वारा निर्माण गरिएको ग्रिड संहिताको विद्युत आपूर्तीमा अझ महत्व हुने बताएका थिए । आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहले विद्युतीय ग्रिड संहिताको देश भित्र विद्युत उत्पादन बढेको तथा दक्षिण एशियाली क्षेत्रमा विद्युत व्यापार गर्नुपर्ने सन्दर्भमा अझ वढी महत्व भएको बताए ।

विद्युतीय शक्ति प्रसारणमा विद्युतीय ग्रिड संहिताको उचित व्यवस्थापन बाट नै उत्पादित विद्युत शक्ति उपभोक्ता समक्ष सुरक्षित र भरपर्दो तरिकाबाट पुरयाउन सकिन्छ । विद्युतीय शक्तिको उतार चढावबाट हुने दुर्घटना जस्ता घटनाहरुको व्यवस्थापन ग्रिड संहिताको व्यवस्थापनबाट नै गर्न सकिने अध्यक्ष सिंहले बताए ।

हालै लागु भएको विद्युतीय ग्रिड संहिताले विद्युतीय प्रवाह सम्बन्धी न्यूनतम आवश्यक मापदण्ड परिपूर्ति गर्न, विद्युतीय ग्रिडको सन्तुलन कायम राख्न र सीमा भित्र र सीमा बाहिर विद्युतीय प्रवाह व्यवस्थापन गर्न आवश्यक दिशा निर्देश गर्दछ । यसले प्रसारण प्रणालीको योजना सञ्चालन र व्यवस्थापनका लागि निष्पक्ष र प्रभावकारी ढंगले काम गर्दछ । अन्तरदेशीय विद्युत व्यापार र क्षेत्रीय अन्तरसम्बन्धको बढ्दो सम्भावनाका साथै राष्ट्रिय र क्षेत्रीय ग्रिड प्रयोगकर्ताहरुको प्रवेश र सञ्चालनलाई नियमन गर्न यस संहिताको अझ बढि महत्व छ । यो नेपालको ग्रिड प्रणालीको जडान, संचालन, मर्मत सम्भार र विकासका लागि दिशा निर्देश,
प्रकृया, जिम्मेवारी, मापदण्ड र दायित्वहरु स्थापित गर्ने विस्तृत दस्तावेज हो ।

ग्रिडको स्वमित्व रहेको संस्था, प्रणाली संचालक, ग्रिड प्रयोगकर्ताहरुको वीचको सीमा निर्धारण गर्न र प्रसारण प्रणाली प्रयोग गर्ने
सुविधाहरुको सञ्चालनको लागि कार्यविधिहरु स्थापना गर्न ग्रिड संहिताको विकास गरिएको छ । यसले ग्रिड प्रणालीको विकास एवम् सुरक्षाको लागि आधारभूत नियम र मापदण्डहरु तोकेको छ । जुन सार्वजनिक र वातावरण सुरक्षाको लागि अत्यावश्यक छ ।

You might also like

Comments are closed.