इसेवाको ‘मेरो डिजिटल देश’ अभियान, एक जनालाई फेरी काठमाडौंमा घर

काठमाडौं । दुई सय भन्दा बढी देशबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनि ट्रान्स्फरले ‘मेरो डिजिटल देश’ अभियानलाई निरन्तरता दिएको छ । स्क्वायर होटल, पुल्चोकमा सम्पन्न प्रेस कन्फरेन्स मार्फत इसेवा मनि ट्रान्स्फरले यस अभियान अन्तर्गत फेरी पनि काठमाडौँमा घर योजना सार्वजनिक गरेको हो ।

यो अभियान असोज १ बाट सुरु भएर २०८१ असार ३१ सम्म जारी रहनेछ । परम्परागत शैलीमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई डिजिटलतर्फ लैजाने अभिप्रायका साथ यो अभियान सुरु गरिएको कम्पनीले जनाएको छ । योजना मार्फत डिजिटल रेमिट्यान्सलाई थप बढावा दिन देशको आर्थिक स्थिति बलियो बनाउन र देशमा विदेशी मुद्राको सञ्चितलाइ थप मजबुत बनाउन पनि १० महिने यस योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।

‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत संसारका जुनै पनि मुलुकमा रहेका नेपालीहरुले नेपालमा इच्छाएको व्यक्तिको इसेवा वालेटमा पैसा पठाई सहभागिता जनाउन सक्नेछन् । यस अभियानमा ४ परिवारलाई विशेष कोसेली, हरेक महिना १ जनाको पैसा डबल, तथा बम्पर उपहारमा १ जनाले काठमाडौंमा घर प्राप्त गर्नेछन् ।

jutta mela

अभियानबारे आफ्नो धारणा व्यक्त गर्दै एफवान सफ्ट ग्रुपका डाइरेक्टर सुवास शर्माले यो योजना वैदेशिक रोजगारीमा रहेका नेपाली व्यक्तिहरूले गरेको समर्पण र बलिदानप्रति प्रशंसाको प्रतीक रहेको बताए । ‘प्रत्येक विदेशमा काम गर्ने नेपालीको एउटा आकांक्षा भनेको काठमाडौंमा घर बनाउनु हो र यस अभियानको माध्यमबाट, हामीले कम्तिमा एउटा व्यक्तिको सपना पुरा गर्न सक्नेछौं,’ उनले भने ।

इसेवा मनि ट्रान्स्फरको स्थापनाकालदेखि नै आर्थिक विकासमा महत्वपूर्ण योगदान रहेको ग्रुपका स्ट्राटेजी डाइरेक्टर डेनियल डी श्रेष्ठले बताए ।

इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले इसेवा र इसेवा मनि ट्रान्स्फरको संयुक्त प्रयासबाट विदेशमा रहेका नेपालीहरुलाई डिजिटल माध्यमबाट केही मिनेटमै नेपालमा सहजै पैसा पठाउन मिल्ने बताए ।

अभियानबारे इसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले यो अभियानमा विश्वको जुनसुकै ठाउँमा रहेका नेपालीहरु सहभागी हुने र देश डिजिटल बनाउनमा योगदान पुग्ने बताए ।

इसेवा मनि ट्रान्स्फरका ब्रान्ड एम्बेसडर राजेश हमाल, स्वस्तिमा खड्का, दयाहाङ् राई र इसेवाका ब्रान्ड एम्बेसडर बिपिन कार्कीले डिजिटल रेमिट्यान्स सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चेतनामूलक कार्यक्रममा अभियानलाई प्रवर्द्धन गर्न सहभागिता जनाउने कम्पनीले बताएको छ ।

You might also like

Comments are closed.