इसेवाले ल्यायो ‘बिना Trouble पैसा Double’ अफर

काठमाडौं । इसेवा लिमिटेडले ‘बिना Trouble पैसा Double’ अफर सार्वजनिक गरेको छ । यस विशेष योजना अन्तर्गत अफर अवधिभर इसेवाबाट बैंक खातामा रकम ट्रान्सफर गर्ने दैनिक २ जना भाग्यशाली प्रयोगकर्ताले रु. पाँच हजार सम्मको Double Cashback जित्न सक्ने मौका रहेको छ ।

अफर समाप्तिसँगै थप २ जना भाग्यमानी प्रयोगकर्तालाई बम्पर पुरस्कार स्वरूप रु एक लाख जित्ने अवसर रहेको छ । जेठ १५ देखि असार १३ गतेसम्म चल्ने यस अफरमा इसेवा डाइरेक्ट, क्यूआर स्क्यान वा खाता नम्बर मध्ये जुनसुकै माध्यमबाट पनि बैंक खातामा रकम ट्रान्सफर (बैंक ट्रान्सफर) गर्ने सबै प्रयोगकर्ता पुरस्कारको लागि योग्य रहनेछन् ।

हरेक दिन छनौट गरिने २ जना भाग्यशाली Double Cashback विजेतामध्ये १ जना विजेता नयाँ प्रयोगकर्ताबाट छनौट गरिनेछ । इसेवाले डिजिटल कारोबारलाई थप सहज, सुरक्षित र प्रभावकारी बनाउन देशभरका विभिन्न बैंक तथा वित्तीय संस्थासँग सहकार्य गर्दै आएको छ ।

हाल इसेवामा नेपालका सबै प्रमुख बैंक तथा वित्तीय संस्थाहरू साझेदारको रूपमा आबद्ध रहेका छन् । यी साझेदारीले डिजिटल भुक्तानी प्रणालीलाई जनमैत्री, भरपर्दो र सुलभ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । बैंक तथा वित्तीय संस्थाहरू सँगको साझेदारीले सेवा प्राप्त गर्नेलाई थप सहजता प्रदान गरेको छ भने लेनदेनको सुरक्षा र विश्वसनीयता पनि सुनिश्चित गरेको छ ।

यसरी, इसेवाले डिजिटल भुक्तानी प्रणालीको पहुँच विस्तार गर्दै आर्थिक समावेशीकरणमा उल्लेखनीय योगदान पु¥याइरहेको छ । डिजिटल कारोबारलाई प्रवद्र्धन गरी आर्थिक विकास र डिजिटल अर्थतन्त्रको सुदृढीकरणमा यसले महत्वपूर्ण भूमिका समेत निर्वाह गरेको छ ।

 

You might also like

Comments are closed.