काठमाडौं । इसेवाले जीवन बीमा नवीकरणमा विशेष अफर ल्याएको छ । इसेवाबाट नेपालको कुनै पनि जीवन बीमा कम्पनीको पोलिसी नवीकरण गर्ने एक भाग्यशाली विजेताले रु. ५० हजार प्राप्त गर्नेछन् ।
यसका साथै, १४ वटा जीवन बीमा कम्पनीका एक–एक जना पोलिसीहोल्डर, एजेन्ट र शाखा कार्यालयलाई पनि विशेष उपहारको व्यवस्था गरिएको छ । यही जेठ १५ देखि सुरु भएको अफर आउँदो असार गतेसम्म ३२ गतेसम्म चल्नेछ ।
अफर अवधिभर, इसेवामार्फत जीवन बीमा नवीकरण गर्ने सबै प्रयोगकर्ताहरू स्वतः यो पुरस्कारका लागि योग्य हुनेछन् । इसेवाको अनलाइन बीमा नवीकरण सुविधाको माध्यमबाट प्रयोगकर्ताले कार्यालय धाउनुपर्ने झन्झट बिना नै छोटो समयमा आफ्ना आवश्यकता अनुसार बीमा नवीकरण गर्न सक्नेछन् ।
अफरमार्फत जीवन बीमाको आवश्यकता मात्र नभएर डिजिटल माध्यमबाट भुक्तानीमा हुने सहजताको बारेमा पनि जनचेतना बढाउने इसेवाको प्रयास हो ।
आजै जीवन बीमाको नवीकरण गरी आफ्नो र परिवारको भविष्य सुरक्षित इसेवाले अनुरोध गरेको छ । रु. ५० हजार सहित अन्य आकर्षक पुरस्कार जित्ने अवसर पनि रहेको छ ।
Comments are closed.