काठमाडौं । अब इसेवा मार्फत अनलाइन होटल बुकिङ अझै सहज र छिटो भएको छ । इसेवाले आफ्नो सेवा सूचीमा होटल बुकिङ सेवा पनि थप गरे सँगै होटल खोज्न र बुक गर्न फोन गर्नुपर्ने, वेबसाइट चहार्नुपर्ने झन्झट हटेको छ ।
इसेवाले वेबसाइट र मोबाइल एपमार्फत सहजै आफ्नो आवश्यकतानुसार होटल बुकिङ गर्न मिल्ने गरि सेवा सञ्चालन गरेको छ । नेपालको पहिलो र अग्रणी डिजिटल वालेट इसेवाले, देशभर रहेका दुई हजार भन्दा बढी होटललाई एउटै प्लेटफर्ममा ल्याउँदै आफ्ना प्रयोगकर्ताहरूलाई सजिलो र छिटो होटल बुकिङ गर्न मिल्ने सुविधा ल्याएको हो ।
अहिलेसम्म मोबाइल रिचार्ज, बिजुली–पानीको बिल तिर्नेदेखि सरकारी सेवा शुल्क तिर्ने सम्मका कामलाई सहज बनाउँदै आएको इसेवाले, अब घुमघाम, व्यावसायिक यात्रा वा पारिवारिक कार्यक्रमका लागि होटल बुकिङ पनि सहज बनाएको छ । केवल केही ट्यापमै, आफ्नो आवश्यकता र बजेट अनुसार होटल बुकिङ गर्न सकिने भएकाले यो सुविधा अझ लोकप्रिय बन्ने र जनतामा अझ सहजता ल्याउने अनुमान गरिएको छ ।
इसेवा मार्फत सहजै होटल बुक गर्ने तरिका :
१. इसेवा एप खोली “Hotels” मा ट्याप गर्नुहोस्
२. तपाईको गन्तव्य र प्रस्थान मिति चयन गर्नुहोस्
३. उपलब्ध रहेका होटलबाट आफुलाई उपयुक्त होटल रोज्नुहोस्।
४. सम्पूर्ण विवरण भरेर बुकिङ कन्फर्म गर्नुहोस् ।
५. इसेवा वालेटबाट सहजै भुक्तानी गर्नुहोस् ।
यसरी बुकिङ गरेपछि होटल बुकिङ भएको वा नभएको सम्बन्धी सबै जानकारी तुरुन्तै प्रयोगकर्ताको मोबाइलमै आउँछ । यो सेवाबाट सस्तो होटलदेखि सुविधासम्पन्न तारे होटलसम्म, आफ्नो आवश्यकता अनुसार छनोट गर्न सकिनेछ ।
अब होटल बुक गर्नका लागि अलग–अलग वेबसाइट वा एजेन्सी खोज्नुपर्ने छैन। एउटा एपमै सबै काम मिल्ने यो सुविधा, देशभरका प्रयोगकर्ताका लागि उपयोगी हुने विश्वास गरिएको छ ।
Comments are closed.