ईसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत काठमाडौंमा घर जित्ने विजेता घोषणा

काठमाडौं । डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत अन्जुला घिमिरेले काठमाडौंमा घर जित्न सफल भएका छन् । यही मङ्सिर १२ गते ईसेवा मनि ट्रान्सफर र इसेवाको आधिकारिक फेसबुक पेजसँगै कान्तिपुर टेलिभिजनमार्फत बम्पर उपहार स्वरुप घर जित्न सफल भाग्यशाली विजेताको घोषणा गरिएको हो ।

प्रत्यक्ष प्रसारण मार्फत डिजिटल गोलाप्रथाको मध्यमबाट अन्जुला घिमिरेले महालक्ष्मी नगरपालिका ललितपुर वडा नं.३ इमाडोलमा करिब ३ आना क्षेत्रफलमा बनेको साढे दुई तल्लाको घर जित्न सफल भइन् । विजेता घिमिरेले रोमानियाबाट ईसेवा मनि ट्रान्सफरमार्फत इसेवा वालेटमा रेमिट्यान्स पठाएकी थिइन् ।

ईसेवा मनि ट्रान्सफरले विदेशबाट आउने रेमिट्यान्सको वैधानिकता प्रवर्द्धन गर्न र डिजिटल रेमिट्यान्सलाई प्रोत्साहन गर्न ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको हो । यसैअन्तर्गत, २०८० असोज १ देखि २०८१ कात्तिक ३० गतेसम्म रेमिट्यान्स पठाउने सहभागीमध्येबाट एक जनालाई बम्पर उपहार स्वरूप काठमाडौंमा घर दिने घोषणा गरेको थियो ।

कार्यक्रममा ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले डिजिटल रेमिट्यान्सको महत्त्व र यसले राष्ट्रिय अर्थतन्त्रमा पार्ने सकारात्मक प्रभावबारे चर्चा गरे । इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले डिजिटल रेमिट्यान्सलाई प्रोत्साहन गर्दै विश्वभर रहेका नेपालीलाई आफ्नो देश र परिवारसँग अझ नजिक बनाउन ‘मेरो डिजिटल देश’ अभियानले महत्वपूर्ण योगदान पुर्याएको बताए ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ईसेवा मनि ट्रान्सफरले परम्परागत शैलीका साथै डिजिटल माध्यमबाट पनि विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । इसेवा वालेट, बैंक तथा वित्तीय संस्था र आफ्ना भुक्तानी केन्द्रको माध्यमबाट सेवा दिने यो कम्पनी, एफवान सफ्ट ग्रुपअन्तर्गतको भगिनी संस्था हो । यसले नेपालभर फिनटेकमा आधारित भुक्तानी प्रणालीलाई सशक्त बनाउँदै आएको छ ।

 

 

 

 

You might also like

Comments are closed.