काठमाडौं । कम मूल्यका दुई उत्कृष्ट ईभी नेपाल आउने भएका छन् । ४० लाखभन्दा कम मूल्यमा उपलब्ध हुने दुई विद्युतीय कार नेपाली बजारमा ल्याउन लागिाएको हो ।
चिनियाँ कम्पनी बीवाइडी र मलेशियन ब्राण्ड प्रोटोनको ह्याचव्याक कार नेपाल आउने जनाइएको छ । बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंक प्रालिले सिगल साउन र भदौमा आयोजना हुने नाइमा नेपाल मोविलिटी एक्स्पो वा नाडा अटो शो २०२५ मध्ये कुनै एकमा सार्वजनिक हुने अनुमान गरिएको छ ।
बीवाइडीले सिगल ह्याचव्याक कारको बिक्री चीन बाहिर सुरु गरिसकेको छ । सिगल चाँडै नेपाल आउने मोडलमा पर्छ । प्रोटोनले नेपाल ल्याउने इमास–५ ह्याचव्याक कार पनि अटो शोमा आउन सक्ने कम्पनीले जनाएको छ ।
जगदम्बा मोटर्सले बिक्री गर्दै आएको प्रोटोन ब्राण्डमा दोस्रो ईभी मोडलको रुपमा इमास–५ नेपाल आउने छ । यसअघि कम्पनीले इमास–७ एसयूभी ल्याएर बिक्री गर्दै आएको छ ।
Comments are closed.