काठमाडौं – एभरेष्ट बैंकले आप्mना सेवा स्वचालित मेसिनबाट गर्ने भएको छ । बैंकले यसको लागि क्वीक फक्स कन्सल्टिङसँग सम्झौता गरि ‘रोबोटिक प्रोसेस अटोमेशन’को यात्रा शूरु भएको जानकारी दिएको छ ।
एभरेष्ट बैंक निरन्तर रुपमा सबल हून, प्रतिस्पर्धी रहन र ग्राहकहरुलाई विशिष्ट सेवा प्रदान गर्ने सोचका साथ अटोमेशनको यात्रा शूरु गरेको बैंकको भनाइ छ ।
बैंकले प्रदान गर्ने सेवाहरुमा रहेका अधिकांश प्रक्रियाहरु दोहोरिने, प्रक्रियागत रुपमा सञ्चालन नहूने र एकै प्रकृतिका समेत हुने भएको र जसलाई पुरा गर्न धेरै मानव संशाधनहरु समावेश गर्नुपर्ने र मानवीय हस्तक्षेपको कारणले गर्दा कतिपय कार्यहरु समेत ढिलो र त्रुटीपूर्ण हुन सक्ने भएकाले बैंकले रोबोटिक प्रोसेस अटोमेशनको यात्रा तय गरेको विज्ञप्ति मार्फत जनाएको छ ।
Comments are closed.