एभरेस्ट बैंकको ११७औं शाखा बर्दियाको राजापुरमा

बर्दिया । बर्दियाको राजापुरमा एभरेस्ट बैंकको शाखा सञ्चालनमा आएको छ । बैंकिङ प्रणालीलाई अत्याधुनिक प्रविधिमैत्री बनाउदै आएको बैंकले राजापुरमा आफ्नो ११७औं शाखा बुधबार सञ्चालनमा ल्याएको हो ।

बैंकको राजापुर नगरपालिकाका मेयर दिपेश थारु, बैंकका सिइओ सुदेश खालिङले संयुक्तरुपमा उद्घाटन गरेका छन् । उद्घान कार्यक्रममा बर्दिया उद्योग वाणिज्य संघका अध्यक्ष केदार थापा, वडा नं ४ का वडाध्यक्ष विदुर पोखरेल, नेपाल प्रहरीका डिएसपी प्रकाश सापकोटालगायतको उपस्थिति रहेको थियो ।

सोहि अवसरमा बैंकले सामाजिक उत्तरदायित्वअन्तरगत २० थान डस्टविन राजपुर नगरपालिका वडा नं. ४ लाई हस्तान्तर गरेको छ । बैंकले ११७ शाखा, १५१ एटिएम, राजश्व संकलन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ ।

You might also like

Comments are closed.