एभरेष्ट बैंकको ११८औं शाखा ललितपुरको टौखेलमा विस्तार

काठमाडौं । एभरेष्ट बैंक लि. ले ललितपुरको टौखेलमा आफ्नो ११८औं शाखा विस्तार गरेको छ । बैंकले आफ्ना ग्राहक वर्गलाई अत्याधुनिक बैंकिङ सेवा र सुविधाहरु उपलब्ध गराउन ललितपुरको टौखेलमा आफ्नो ११८औं शाखाको उद्घाटन गरेको हो।

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले टौखेल शाखाको संयुक्त उद्घाटन गरेका छन्। उद्घाटन समारोहमा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष पुष्परत्न शाक्य, गोदावरी नगरपालिका वडा नं. ३ का अध्यक्ष सानुराजा घिमिरे, गोदावरी उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा अरनिको समाजका कार्यकारी सदस्य राजन महर्जन, एभरेष्ट बैंकका नायब महाप्रबन्धकहरु केशवराज पौडेल तथा आषुतोश शर्मा, बैंकका वाग्मती प्रदेशका प्रादेशिक–प्रबन्धक सन्तोषकुमार भट्टराई तथा बजार विभाग प्रमुख पुष्पराज उप्रेतीलगायत विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

उद्घाटन समारोहमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले टौखेलका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने आश्वासन व्यक्त गरेका छन् । स्थापनाकालदेखि नै ग्राहकहरुको पहिलो रोजाइमा पर्न सफल यस बैंकमा हालसम्म करिब १२ लाख ग्राहकहरु रहेका छन् ।

jutta mela

बैंकले देशैभरी छरिएर रहेको आफ्नो ११८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १५२ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट तथा एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ। एभरेष्ट बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आएको छ।

You might also like

Comments are closed.