काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ३० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।
यस सभाले शेयरधनीहरुलाई आ.व. ०८०/८१ का लागि १० प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै यस सभाले बैंकको सञ्चालक समितिमा सर्बसाधारण शेयरधनीका तर्फबाट नबिनभक्त श्रेष्ठ र उर्मीला श्रेष्ठलाई आगामी ४ बर्षका लागि पुन निर्बिरोध निर्वाचित गरेको छ ।
आ.व. ०८१/८२ को लागि श्री एन. अमात्य एंड कम्पनीलाइ लेखापरीक्षकमा पुन नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतबाट पारित गरेको छ ।
Comments are closed.