काठमाडौं । एभरेष्ट बैंकले २० प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई १४ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस शेयर घोषणा गरेको छ ।
बैंकको भदौ १९ गते बसेको ३८७ औं सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । सञ्चालक समितिको निर्णयअनुसार नेपाल राष्ट्र बैंकले स्वीकृत दिएपछि बैंकको साधारणबाट पारित गर्नुपर्छ ।
सो सँगै लगानीकर्ताले बैंकको २० प्रतिशत लाभांश पाउनेछन् । यसअघि, माछापुच्छ्रे बैंकले आफ्ना शेयरधनीका लागि लाभांश घोषणा गरेको थियो ।
Comments are closed.