काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले बाढीपहिरो पीडितको सहयोगको लागि प्रधानमन्त्री दैवी उद्धार कोषमा रु. ५० लाख सहयोग गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो रकमको चेक हस्तान्तरण गरे ।
गत असोज ११ र १२ गते आएको बाढी, पहिरो र डुबानबाट प्रभावितलाई राहतका लागि बैंकले प्रधानमन्त्री दैवी प्रकाप उद्धार कोषमा आर्थिक सहयोग गरेको हो ।
मुलुकलाई विपत्ति आइलागेको अवस्थामा बैंकले विगतदेखी नै सहयोग गर्दै आएको छ ।
Comments are closed.