काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच अन्तरदेशीय भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
Alipay+ को नेटवर्कमा रहेका सदस्य वालेटहरुमार्फत नेपाल पे मर्चेन्टका क्युआरमा अन्तरदेशीय भुक्तानी गर्नका लागि सम्झौता गरिएको हो । सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंहले हस्ताक्षर गरेका हुन् ।
यस सम्झौता अन्तर्गत नेपालमा रहेका नेपाल पे क्युआर तथा यसका अन्तरक्रियात्मक क्युआरको मर्चेन्ट क्युआरमा Alipay+ को नेटवर्क मार्फत भुक्तानी गर्न सकिनेछ । चाइना, हङ्गकङ्ग, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाईल्याण्ड, साउथ कोरिया, स्वीडेन तथा इटली लगायतका देशबाट नेपाल आएका पर्यटकले आनो डोमेस्टिक वालेटमार्फत नेपालमा रहेका नेपाल पे क्युआर तथा यसका अन्तरक्रियात्मक क्युआरमा सजिलै भुक्तानी गर्न सक्नेछन् ।
Alipay+ को नेटवर्कमा ६६ वटा विभिन्न ग्लोबल मार्केट अन्तर्गत ३० भन्दा बढि इसुइङ्ग उपकरण, ३ सय भन्दा बढि नेटवर्क प्राप्त गर्दै ९ करोड भन्दा बढि ग्लोबल मर्चेन्टहरु आबद्ध रहेका छन् । Alipay+ को नेटवर्कमा Alipay China, OCBC, Changipay,Gcash, AlipayHK, Hipay, KakaoPay, TossPay, NaverPay, TnGD, PBB, TrueMoney,Mpay, Tinaba मार्फत अन्तरदेशीय भुक्तानीहरु गर्न सकिने व्यवस्था रहेको छ ।
एनसीएचएलले Alipay+ सँग अन्तर्राष्ट्रिय भुक्तानी साझेदारका रुपमा आबद्ध भई दुई नेटवर्कबीच भुक्तानी सुचारु गर्नका निम्ती आवश्यक व्यवस्था मिलाइसकेको छ । यस पहल अनुरुप अब एभरेष्ट बैंकसँग सो भुक्तानी सेवा कार्यान्वयन गर्नका निम्ती सम्झौता भएको हो ।
नेशनल पेमेन्ट स्वीच अन्तर्गतको नेपाल क्युआर मापदण्ड कार्यान्वयन गर्न, नेपाल पे क्युआर एक स्वतन्त्र क्युआर स्किमको रुपमा सञ्चालन हुनुको साथै मर्चेन्ट तथा नेटवर्क लेभलको अन्तरआबद्धता कायम गर्न स्थापना भएको पूर्वधार हो । हाल नेपाल पे क्युआरको नेटवर्कमा ८ लाख ५० हजार भन्दा बढी मर्चेन्टहरु आबद्ध छन् ।
Comments are closed.