सगरमाथा प्रतिष्ठान नेपालको ‘विशिष्ट अधिकारिकाता सम्मान’ कार्यक्रम सम्पन्न

काठमाडौं । सगरमाथा प्रतिष्ठान नेपालले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा विशिष्ट उद्योग व्यवसायीहरूलाई लक्षित गर्दै आयोजना गरेको ‘विशिष्ट अधिकारिकाता सम्मान’ कार्यक्रम  सम्पन्न भएको छ । किर्तिपुरस्थित किचेन एण्ड ब्याङ्केटमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रदीप पौडेल उपस्थित थिए ।

२०७९ साल साउन १७ गते शनिबारका दिन आयोजित सो कार्यक्रममा नेपालको आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक र पर्यटन विकासमा विशेष योगदान पुर्‍याउँदै आएका विशिष्ट व्यवसायीहरूलाई सम्मान गरियो ।

प्रतिष्ठानले स्थापना कालदेखि नै राष्ट्र निर्माणमा सक्रिय भूमिका खेलेका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई नियमित रूपमा सम्मान गर्दै आएको छ। यसपटक पनि होटल, रेस्टुराँ, उद्योग, पर्यटन, स्वास्थ्य, सञ्चार, वित्त, शिक्षा, कृषि र निर्माणलगायत विविध क्षेत्रमा क्रियाशील उद्यमीहरूलाई प्रोत्साहनस्वरूप ‘विशिष्ट अधिकारिकाता सम्मान’ प्रदान गरिएको हो ।

कार्यक्रम दिउँसो १:०० बजे सुरु भएको थियो। कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष नार बहादुर सिंजाली र महासचिव भरत खनालले हस्ताक्षर गरेको औपचारिक निमन्त्रणाका आधारमा राष्ट्र सभाका सदस्य तथा विशिष्ट उद्योग व्यवसायी संघका अध्यक्ष रमेश चन्द्र अधिकारी विशिष्ट अतिथि रूपमा आमन्त्रित थिए ।

सगरमाथा प्रतिष्ठान नेपालले यो कार्यक्रममार्फत उद्यमशीलता प्रवर्द्धन, व्यवसायिक सञ्जाल विस्तार तथा राष्ट्रको आर्थिक विकासमा योगदान पुर्‍याउने लक्ष्य राखेको जनाएको छ ।

You might also like

Comments are closed.