मंगलबार कति छ विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले नेपाली बजारमा मंगलबार विदेशी विनिमय दर सार्वजनिक गरेको छ ।राष्ट्र बैंकले आज सार्वजनिक गरेको विदेशी विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिद दर १२७ रुपैयाँ ३४ पैसा र बिक्री दर १२६ रुपैयाँ ९४ पैसा रहेको छ ।

त्यस्तै, पाउन्ड स्टर्लिङ १ को खरिद दर १४४ रुपैयाँ ६८ पैसा र बिक्री दर १४५ रुपैयाँ ३७ पैसा, युरो १ को खरिद दर १२७ रुपैयाँ ३ पैसा तथा बिक्री दर १२७ रुपैयाँ ६३ पैसा तोकिएको छ।

त्यसैगरी, कतारी रियाल एकको खरिद मूल्यदर ३४ रुपैयाँ ८३ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ९९ पैसा रहेको छ । साउदी अरेवियन रियाल एकको खरिददर ३३ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३४ रुपैयाँ ०४ पैसा रहेको छ ।

मलेसियन रिंग्गेट एकको खरिद मूल्य २७ रुपैयाँ ९९ पैसा र बिक्री मूल्य २८ रुपैयाँ १२ पैसा रहेको छ । जापानी येन १० को खरिदमा ८ रुपैयाँ ८८ पैसा र बिक्रीमा ८ रुपैयाँ ९२ पैसा कायम गरिएको छ । साउथ कोरियन वन १०० को खरिदमूल्य ९ रुपैयाँ १३पैसा र बिक्रीमूल्य ९ रुपैयाँ १७ पैसा रहेको छ ।

 

 

You might also like

Comments are closed.