सामाजिक उत्तरदायित्व बहन गर्दै एक्स्पर्टले मनायो १९औं वार्षिकोत्सव

पोखरा  । एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेसले सोमबार १९औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा संस्थाको केन्द्रीय कार्यालय अष्ट्रेलियासहित नेपाल र विभिन्न देशमा रहेका शाखाहरुमा विविध कार्यक्रम भएका छन् ।

यसैक्रममा एक्स्पर्टको पोखरा शाखामा पनि वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्वका कार्यक्रम भएका छन् । पोखरा–१९ तल्लाकोटस्थित विन्ध्येश्वरी माविमा अध्ययनरत विद्यार्थीलाई टिसर्ट, सेनिटाइजर, माक्स, प्राथमिक स्वास्थ्य सामग्री, शिक्षक कर्मचारीलाई छाता र विद्यालयलाई डस्टविन सहयोग गरिएको छ ।

पोखरा–१९ स्थित ऐतिहासक धार्मिक स्थल अकलादेवी धार्मिक क्षेत्र विकास समितिमा पनि भक्तजनहरुको भिडलाई मध्यनजर गरी डस्टविन वितरण गरिएको मार्केटिङ म्यानेजर विष्णु गौतमले जानकारी दिए ।

jutta mela

एक्स्पर्ट पोखराका प्रवन्ध निर्देशक रमेशकुमार थापा, अपरेसन म्यानेजर रमेश बास्तोला, मार्केटिङ म्यानेजर विष्णु गौतम, काउन्सिलर विश्वास थापाको उपस्थितिमा कार्यक्रम भएको हो ।

त्यस्तै साँझ पोखराको सिद्धार्थचोकस्थित कार्यालयमा केक काट्नुका साथै दीप प्रज्वलन सहित वार्षिकोत्सव मनाइएको छ । एक्स्पर्टको स्थापना सन् २००३ मा भएको हो ।

You might also like

Comments are closed.