एक्स्पर्ट ग्राण्ड एजुकेसन फेयर २०२२ शनिबार

पोखरा । एक्स्पर्ट ग्राण्ड एजुकेसन फेयर २०२२ पोखरामा शनिबार हुँदैछ । एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजको आयोजनामा हुने फेयरको सम्पूर्ण तयारी पूरा भएको प्रवन्ध निर्देशक रमेशकुमार थापाले जानकारी दिए ।

फेयर एक्स्पर्टकै कार्यालय सिद्धार्थ चोक, पोखरामा शनिवार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म संचालन हुनेछ । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी फेयरको आयोजना गर्न लागेको प्रवन्ध निर्देशक थापाले बताए ।

फेयरमा विद्यार्थीले विदेशका प्रतिष्ठित कलेज तथा युनिभर्सिटीका प्रतिनिधीलाई भेट्न पाउनेछन् । साथै आफूले अध्ययन गर्न चाहेको विषय अध्ययनका लागि कलेज तथा युनिभर्सिटी छनोट गर्न विद्यार्थीलाई फेयरले सहयोग गर्नेछ ।

jutta mela

कलेज तथा युनिभर्सिटीको फि स्टक्चर, नीति तथा नियमका बारेमा पनि विद्यार्थीले फेयरमा जानकारी लिन सक्नेछन् । फेयरमा ५ सयभन्दा धेरै विद्यार्थी सहभागि हुने अपेक्षा गरिएको छ । अध्ययनका लागि अष्ट्रेलिया, यु.के, क्यानडा, युएसए जान चाहने विद्यार्थी फेयरमा सहभागी हुन सक्नेछन् ।

You might also like

Comments are closed.