यस्तो छ एक्स्पर्टको नयाँ लोगो

काठमाडौं । एक्स्पर्ट एजुकेशन एण्ड भिजा सर्भिसेसले आफ्नो लोगो परिवर्तन गरेको छ । करिब दुई दशकदेखि विद्यार्थीहरुलाई परामर्श तथा माइग्रेसन सेवा प्रदान गर्दै आइरहेको एक्स्पर्टले नयाँ लोगो सार्वजनिक गरेको हो ।

भारतीय डिजाइनर अमिर खानले तयार पारेको लोगोलाई केही परिमार्जनसहित कम्पनीले अन्तिम रुप दिएर सार्वजनिक गरेको प्रवन्धक मेघा अमात्यले जानकारी दिइन् ।

लोगो डिजाइनका लागि कम्पनीले सार्वजनिक रुपमा आह्वान गरेको थियो । ५ सय डिजाइनरले बनाएका ८ सय वटा लोगोबीच प्रतिस्पर्धा हुँदा खानको लोगो छनोट भएको हो । खानले एक हजार अष्टे«लियन डलर पुरस्कार प्राप्त गरेका छन् ।

अष्ट्रेलियामा प्रधान कार्यालय रहेको एक्स्पर्टले अमेरिका, युके, क्यानडा, सिंगापुर, नेपाल, भारत, श्रीलंका, अफ्रिका लगायत १३ देशमा शाखा सञ्जाल विस्तार गरिसकेको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.