‘विदेशको परिवर्तित शिक्षा नीति बुझ्न एक्स्पर्ट फेयर विद्यार्थीलाई फलदायी हुनेछ’

रमेशकुमार थापा, प्रवन्ध निर्देशक, एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस पोखरा

एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस पोखराको आयोजनामा चैत १२ गते (मार्च २६) शनिबार पोखरामा बृहद शैक्षिक मेला हुने भएको छ । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी ‘एक्स्पर्ट ग्राण्ड एजुकेशन फेयर–२०२२’ हुँदैछ । यसै सन्दर्भमा फेयरसँग सम्बन्धित रहेर एक्स्पर्ट पोखराका प्रवन्ध निर्देशक रमेशुकमार थापासँग आर्थिक आवाजले गरेको कुराकानीः

पोखरामा एक्स्पर्ट ग्राण्ड एजुकेशन फेयर आयोजना गर्नुको मुख्य उद्देश्य के हो ?
उच्च शिक्षा अध्ययनका लागि विदेश जाने क्रम बढ्दो छ । पछिल्लो समय कोभिड लगायतका कारणले विदेशको शिक्षा नीतिमा परिवर्तनसमेत आएको अवस्था छ । पछिल्लो समयमा उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीले परिवर्तित नीति नियमहरुका बारेमा पूर्ण जानकारी प्राप्त गर्न आवश्यक छ । यसै सन्दर्भमा जो विद्यार्थी अध्ययनका लागि विदेश जान चाहन्छन् उनीहरुलाई परिवर्तित परिस्थिति लगायत विदेशमा उच्च शिक्षा अध्ययनका लागि आवश्यक पर्ने सम्पूर्ण जानकारी विद्यार्थीलाई गराउन नै फेयर आयोजना गरिएको हो ।

कुन-कुन देशलाई लक्षित गरी फेयर गर्दै हुनुहुन्छ ?
अष्ट्रेलिया, क्यानडा, युके र युएसएलाई लक्षित गरी फेयर आयोजना गरेका हौं । यी चारवटै देशमा पढ्न जान चाहने विद्यार्थीहरु फेयरमा आउन सक्छन्् ।

jutta mela

फेयरमा कति वटा युनिभर्सिटी तथा कलेजका प्रतिनिधि सहभागी हुन्छन् ?
विदेशका प्रतिष्ठित युनिभर्सिटी तथा कलेजलाई हामीले फेयरमा प्रत्यक्ष सहभागी गराउँदैछौं । विभिन्न देशका २५ भन्दा बढी युनिभर्सिटी तथा कलेजका प्रतिनिधिहरु फेयरमा प्रत्यक्ष उपस्थित हुनेछन् ।

फेयरमा आउने लक्षित विद्यार्थी को–को हुन्छन् ?
प्लस टु तथा ब्याचलर उत्तीर्ण गरेका विद्यार्थीलाई लक्षित गरी फेयर आयोजना गरिएको हो । पोखरा तथा आसपासका क्षेत्रका विद्यार्थीहरुको फेयरमा उपस्थिति रहनेछ ।

एक्स्पर्टकैै फेयरमा विद्यार्थी किन आउने ?
एक्स्पर्टद्वारा आयोजना हुने फेयरमा प्रतिष्ठित युनिभर्सिटी तथा कलेजका प्रतिनिधिको प्रत्यक्ष सहभागिता रहनेछ । विद्यार्थीले युनिभर्सिटी तथा कलेजका प्रतिनिधिसँग प्रत्यक्ष भेट्ने अवसर प्राप्त गर्नुका साथै सत्य तथ्य जानकारी लिने अवसर प्राप्त गर्नेछन् ।

एक्स्पर्टमार्फत विदेश जाँदा विद्यार्थीलाई के फाइदा हुन्छ ?
शैक्षिक परामर्श सेवा प्रदान गर्ने संस्थाहरु मध्येमा एक्स्पर्ट अग्रणी पहिचान बनाउन सफल संस्था हो । यसको प्रधान कार्यालय अष्ट्रेलियाको सिड्नीमा छ भने अष्ट्रेलियामा अन्य १४ वटा शाखा छन् । १३ वटा देशमा ४७ वटा शाखा सञ्जाल छ । हामीले विद्यार्थीलाई विदेश पठाउने काम मात्रै गर्दैनौं । विदेश गइसकेपछि पनि विद्यार्थीलाई त्यहाँको वातावरणमा स्थापित गराउन तथा आवश्यकता अनुसार सहयोग गर्ने गरेका छौं । एक्स्पर्ट मार्फत विद्यार्थी निर्धक्कसँग विदेशमा अध्ययनका लागि जान सक्छन् ।

उच्च शिक्षा अध्ययनका लागि विदेश जाने क्रम कस्तो छ ?
कोभिड महामारीको समयमा सबै क्षेत्रमा असर पर्यो । त्यसबाट विदेशमा अध्ययन जाने क्रममा पनि नकारात्मक प्रभाव पर्नु स्वभाविक थियो । पछिल्लो समय यो व्यवसायमा सुधार आउने क्रम जारी छ । विदेश जाने विद्यार्थीको माग पनि बढिरहेको छ । आगामी दिन अझै उत्साहप्रद रहने विश्वास गर्न सकिन्छ ।

अन्त्यमा, के भन्नुहुन्छ ?
हामीले विगतका वर्षहरुमा जस्तै गरी यस वर्ष पनि फेयर आयोजना गरेका छौं । पोखराको न्युरोडस्थित सिटी स्क्वायरमा हुने फेयरमा सहभागी विद्यार्थीलाई फ्रि प्रोसेस गर्नेछौं । सहभागीलाई हामीले आकर्षक पुरस्कारहरुको व्यवस्थासमेत मिलाएका छौं । बिहान ११ देखि साँझ ४ बजेसम्म फेयरमा उपस्थित भएर अहिलेको परिवर्तित नीति, नियमहरुको बारेमा सही परामर्श लिन म सम्पूर्ण विद्यार्थीलाई आग्रह गर्दछु ।

You might also like

Comments are closed.