पोखरामा ग्लोबल एजुकेशन एक्स्पो हुँदै

पोखरा । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले पोखरामा ग्लोबल एजुकेशन एक्स्पो आयोजना गर्ने भएको छ ।

पोखराको ताजमहल इभेन्ट सेन्टर पस्र्याङ्गमा आगामी २४ जुलाईमा एक्स्पो हुनेछ । अष्ट्रेलिया, युके, क्यानडा, युएसए र न्युुजिल्याण्डमा रहेका ६० भन्दा बढी युनिर्भसिटीका प्रतिनिधि एक्स्पोमा सहभागी हुने ब्रान्च म्यानेजर सलि देवानले बताए ।

“एक्स्पोमा विद्यार्थीले युनिर्भसिटीमा पढाइ हुने कोर्ष, स्कलरसिप लगायतका बारेमा जानकारी लिन सक्नेछन्” उनले भने ।

 

एजुकेशन एक्स्पोको तयारी तीव्र भइरहेको बिजनेश डेभलप म्यानेजर विष्णुप्रसाद गौतमले बताए । उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीका लागि एक्स्पो महत्वपूर्ण हुने उनी बताउँछन् ।

 

You might also like
Ram Tulasi Palpa

Comments are closed.