६ महिनामा ७ खर्ब ९२ अर्ब ६६ करोडको वस्तु नेपालमा आयात, व्यापार घाटा १९ प्रतिशतले घट्यो

काठमाडौं । भन्सार विभागले सार्वजनिक गरेको रिपोट अनुसार नेपालमा ६ महिनामा ७ खर्ब ९२ अर्ब ६६ करोड रुपैयाँको वस्तु आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको वित्तीय रिपोर्टअनुसार चालु आर्थिक वर्षको साउनदेखि पुससम्म कुल ७ खर्ब ९२ अर्ब ६६ करोड रुपैयाँको वस्तु नेपालमा आयात भएको हो ।

गत वर्षको साउनदेखि पुससम्म अवधिमा ९ खर्ब ९९ अर्ब ३४ करोडको आयात भएको थियो ।आयत रकमको आधारमा गत बर्षको तुलनामा यस अवधिमा २०. ६८ प्रतिशतले कम हो ।

यस्तै, विभागका अनुसार समीक्षा अवधिमा व्यापार घाटा १९.१५ प्रतिशतले घटेको छ । ६ महिनामा मुलुकको व्यापार घाटा ७ खर्ब ११ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । गत वर्षको यहीं अवधिमा मुलुकको व्यापार घाटा ८ खर्ब ८० अर्ब ४९ करोड रुपैयाँ थियो ।

त्यसैगरी, रिपोट अनुसार नेपालबाट ६ महिनामा ८० अर्ब ८० करोड रुपैयाँको मात्रै वस्तु निर्यात भएको छ । गत वर्षको यसै अवधिमा १ खर्ब १८ अर्बको निर्यात भएको थियो ।रकमको आधारमा गत बर्षको तुलनामा यस अवधिमा ३२ प्रतिशतले घटेको छ ।

You might also like

Comments are closed.