नेपाल निर्यात परिषदको अध्यक्षमा डा.रामशरण थपलिया

काठमाडौं । नेपाल निर्यात परिषदको अध्यक्षमा डा.रामशरण थपलिया निर्वाचित भएका छन् । मंगलबार सम्पन्न २८औं वार्षिक साधारण सभाले थपलियाको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । परिषदको निवर्तमान अध्यक्ष नरेशलाल श्रेष्ठ हुन् ।

परिषदको प्रथम उपाध्यक्षमा हरिप्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा हरि ढकाल, महासचिव वसन्त राज अधिकारी, कोषाध्यक्षमा राजु बाँनिया, सचिवमा अमृतमान श्रेष्ठ , सह-कोषाध्यक्ष हरिशरण भेटवाल निर्वाचित भएका छन् ।

त्यसैगरि कार्यसमिति सदस्यमा प्रेमराज नराल, सरस्वती सेढाई त्रिपाठी , प्रविन मान श्रेष्ठ , अमिर बगाले, रामकुमार थपलिया , राम कृष्ण भट्टराई र अनन्त गुप्ता निर्वाचित भएका छन् ।

You might also like

Comments are closed.