काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा ३ अर्ब ७३ करोड रुपैयाँको अलैँची निर्यात भएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि पुससम्म ६ महिनाको अवधिमा ४६ लाख ७२ हजार किलोग्राम अलैँची निर्यात भएको हो।
यस अवधिमा नेपालबाट भारत र पाकिस्तानमा अलैँची निर्यात भएको तथ्याङ्कमा देखिन्छ । सबैभन्दा धेरै भारतमा ३ अर्ब ७३ करोड रुपैयाँको अलैँची भारतमा निर्यात भएको छ ।
त्यस्तै, चालू आर्थिक वर्षको ६ महिनामा ३ अर्ब २३ करोड रुपैयाँभन्दा बढीको प्याज आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू वर्षको साउनदेखि पुस महिनासम्मको अवधिमा ८ करोड ६३ लाख ८६ हजार किलोग्राम प्याज विदेशबाट आयात भएको हो ।
नेपालमा भारत र चीनबाट प्याज आयात हुँदै आएको छ। यस अवधिमा चीनबाट २ करोड ७५ लाख रुपैयाँको प्याज आयात हुँदा भारतबाट ३ अर्ब २० करोड रुपैयाँभन्दा बढीको प्याज भित्रिएको छ ।
Comments are closed.