कुमारीपाटीमा फेसियल हाउसको ११औँ शाखा बिस्तार

काठमाडौं । नेपालको ‘नम्बर वान’ फेसियल हाउसले आफ्नो ११औँ शाखा कार्यालय ललितपुरको कुमारीपाटीमा सञ्चालनमा ल्याएको छ ।

ललितपुर महानगरपालिका वडा नं. ५ कुमारीपाटीमा रहेको केएम कम्प्लेक्समा शुक्रबारदेखि ११औँ शाखा सञ्चालनमा ल्याइएको हो । एक समारोहकाबीच नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) की पूर्व अध्यक्ष भवानी राणाले सो शाखा उद्घाटन गरेकी हुन् ।

पूर्व अध्यक्ष राणाले फेसियल हाउसले एकपछि अर्को सफल शाखाहरू सञ्चालन गर्दै आएकोमा खुसी प्रकट गर्दै शुभकामना व्यक्त गरिन् । यो सफलतासँग फेसियल हाउसकी सुष्मा महरा मात्र नभई स्वदेश तथा विदेशमा रोजगारीको खोजी गरिरहेका युवायुवतीहरू समेत जोडिएको उनले बताइन् ।

‘सुष्मा महराले गरेको मेहनतबाट अरु धेरै महिलाहरू प्रभावित हुनुहुन्छ । यो राम्रो काम मात्रै होइन रोजगारी सृजनासमेत भएको छ,’ उनले भनिन्, ‘रोजगारीको खोजी गर्दै धेरैजसो युवायुवतीले वैदेशिक बाटो रोजिरहेको अवस्थामा एउटी महिलाले सञ्चालन गरेको व्यवसायमार्फत २०० भन्दा बढीलाई रोजगारी दिने कुरा सामान्य होइन, यसका लागि पनि उहाँलाई हार्दिक बधाई छ ।’

फेसियल हाउसले आफ्ना ग्राहकको सुरक्षाका लागि विश्वस्तरीय र विश्वसनीय प्रडक्टहरू सिधै आयात गरी प्रयोग गरिरहेको, स्किन टेस्टको सुविधा उपलब्ध गराएको र सञ्चालिका महराले नेपालमै उत्पादन भइरहेको हर्बल प्रडक्टहरूलाई कस्मेटिकका रूपमा कसरी प्रयोग गर्न सकिन्छ भनेर काम गरिरहेको भन्दै पूर्व अध्यक्ष राणाले भविष्यमा फेसियल हाउसलाई अन्तर्राष्ट्रिय रूपमा समेत देख्न पाउने विश्वास व्यक्त गरिन् ।

ललितपुरको पाटनढोका, जावलाखेल र लगनखेलजस्ता स्थानसँग जोडिएको कुमारीपाटी व्यस्त व्यावसायिक केन्द्र हो । कुमारीपाटी रहेको वडामा महालक्ष्मी देवीको मन्दिर, सानो दक्षिणकाली मन्दिर, लोकेश्वर, जगन्नाथ शिवालयलगायत धार्मिक स्थलहरू रहेका छन् । जसले व्यावसायिक गतिविधिलाई समेत टेवा पु¥याउँदै आएको छ ।

सुन्धारास्थित काठमाडौं मलमा मुख्य कार्यालय रहेको फेसियल हाउसले काठमाडौंकै चाबहिलस्थित केएल टावरका साथै देशमा मुख्य–मुख्य सहरहरू चितवन (सीजी ल्यण्डमार्क), पोखरा (ट्रेड मल), इटहरी (सेन्ट्रल प्लाजा), धनगढी (बसपार्क), नेपालगञ्ज (न्यूरोड), सुर्खेत (न्यूरोड) लगायत स्थानमा शाखा कार्यालय सञ्चालनमा ल्याइसकेको फेसियल हाउसकी प्रबन्ध निर्देशक महराले जानकारी दिइन् ।

यस्तै, फेसियल हाउस एकेडेमी र चितवन फेसियल हाउस एकेडेमी पनि सञ्चालनमा रहेको जानकारी उनले दिइन् । फेसियल हाउसले ब्युटीसम्बन्धी तालिम दिनाका साथै हेयर, फेससम्बन्धी समस्या, मेकअप, माइक्रोब्लेडिङ, हेयर एक्सटेन्सन जस्ता थुप्रै सेवा दिँदै आएको छ ।यसैगरी, नेपालीको छाला र कपाललाई मध्यनजर गर्दै चीन, कोरिया, मलेसिया, थाइल्यान्ड र कोरियाको कम्पनीहरूसँग सहकार्य गरेर हर्वल ब्युटी, हेयर कस्मेटिक होलसेल तथा रिटेल सेवा पनि फेसियल हाउसले दिँदै आएको छ ।

केही समयभित्र नेपालमा नै हर्वल कस्मेटिक उत्पादन गर्ने लक्ष्य राखेको फेसियल हाउसले नेपालको नम्बर वान ब्युटी सलुनको अवार्ड समेत पाइसकेको छ । नेपालमा नयाँ सौन्दर्य प्रविधिहरू भित्र्याएर सेवालाई उत्कृष्ट बनाउँदै आएको फेसियल हाउसले हेयर, ब्युटी र स्किन केयरसँगै कृत्रिम परेला प्रत्यारोपण, डेडलक जस्ता नयाँ पुस्तामा प्रचलित थुप्रै गुणस्तरीय सेवाहरू दिँदै आएको छ ।

यसैगरी, हङकङको प्रडक्टबाट फेसियल सेवा प्रदान गर्दै आइरहेको छ । फेसनेबल कलरहरू प्रयोग गर्ने फेसियल हाउसले चायाँपोतोको उपचार सरल विधिबाट गर्दै आइरहेको छ । सौन्दर्यसम्बन्धी सेवामा मात्र सीमित नभई फेसियल हाउसले फेसियल हाउस अफ कस्मेटिक, फेसियल हाउस ब्युटी एकेडेमी र फेसियल हाउस इन्टरटेन्मेन्टबाट पनि आफूलाई विस्तारित र बहुआयामिक बनाउँदै आएको छ ।

You might also like

Comments are closed.